RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१०/११ गते
११६९ पटक

काठमाडौं । नवलपरासीमा रहेको ग्लासियर ईन्टरनेश्नल कलेजले नवलपुर हात्ती खोरमा भएको एनसीसी प्रोगाम २०७९ मा विभिन्न विधामा उपाधि हासिल गर्न सफल भएको छ । सो कलेजले पहिलो पटकमा सहभागिता जनाएपनि विभिन्न विधामा अब्बल हुँदै उपाधि हात पार्न सफल भएको जनाएको हो ।

ग्लासियर ईन्टरनेश्नले ७२ कलेजलाई पछि पार्दै प्रथम भएको आयोजकले जनाएको छ । भलिबलमा पहिलो, फुटबलमा पहिलो, स्पीचमामा दोस्रो, अनुसाशनमा पहिलो हुँदै विभिन्न बिधामा उत्कृष्ट प्रदर्सन गरेर बेस्ट क्याडेल अफ द इएर हुन सफल भएको कलेजका अध्यक्ष ऋषिकेश झाले बताउनुभयो । कलेज बेष्ट पाल्टन बन्न सफल र अर्को साल स्वत सहभागीता जनाउन पाउने पहिलो कलेज हुन गएको छ ।

 

प्रतिकृया दिनुहोस्