RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/२० गते
२९८ पटक

काठमाडौँ । जागरण मिडिया सेन्टरको आयोजनामा संस्थागत विकासका लागि नीति तथा रणनैतिक योजना समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका पदाधिकारी र कर्मचारीहरु बीच संस्थाको नीति तथा रणनैतिक योजनाको समीक्षा गरी संस्थागत विकासका लागि समिक्षाले योगदान गर्ने छ ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले संस्थाका नीति तथा नियमहरु समयसापेक्ष समिक्षा गरी संशोधन गर्ने र संस्थालाई गति प्रदान गर्ने बताउनुभयो । संस्थाहरुलाई जीवन्त दिन संस्थागत नीतिलाई कार्यान्वयन गर्नु र आन्तरिक रुपमा संस्था बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स बीपी पाठकले गैरसरकारी संस्थाहरुको संस्थागत विकास, आन्तरिक नियन्त्रण र दिगोपनाका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले संस्थाको आन्तरिक जीवन, सञ्चालन कार्यविधि मार्फत बलियो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भिम बहादुर विश्वकर्माले संस्थाको सन् २०१९-२०२३ सम्मको रणनैतिक योजनाको समिक्षा सम्वन्धी सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

पौष १४ गतेदेखि १६ गतेसम्म सञ्चालित समीक्षा कार्यक्रममा संस्थाका रणनैतिक योजना, लैगिक समानता र सामाजिक समावेशीकरण नीति, भष्ट्रचार विरुद्ध नीति, लैगिक हिंस्सा विरुद्धको नीति, प्रशासनिक तथा वित्त सम्वन्धी नीति र सार्वजनिक सेवा खरिद सम्वन्धी समीक्षा गरिएको थियो ।

संस्थाले वातावरण न्यायका लागि र बालमैत्री नीति निर्माण गरी कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्