RaraNews

केपी अनमोल प्रकाशित : २०७४/१२/७ गते
१३३८ पटक

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलित समुदायकै व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन भए पनि सफल नभएको बताउनु भएको छ ।
५३ औं अन्तर्रा्ष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राज्यबाट सधै पछि पारिएको दलित समुदायलाई राज्यको नयां संरचनामा प्रधानमन्त्रि र राष्ट्रपति बनाउने आफ्नो ठुलो धोको रहे पनि त्यो अहिलेलाई नसकिएको बताउनु भएको हो ।
देशमा आएको परिर्बतनका लागि माओवादीले थालेको दश बर्षे जनयुद्धमा दलितले ठुलो योगदान गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा सबै भन्दा ठुलो विश्वास र सहयोग दलित समुदायबाट आफुले पाएकाले समेत बताउनु भयो ।

जनयुद्धकालमा माओवादीले दलितलाई कमाण्डरै बनाएर ठुलो जिम्मेवारी दिई जनसरकार प्रमुख बनाएको प्रसंग कोट्याउदै प्रचण्डले अब सिंहदरबारको प्रमुख दलित बनाउने आफ्नो मन हुंदा हुदैं परिस्थितीबस यस पटक नसकिएको स्विकार्नु भयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मेरो इच्छा त पुरै दलितलाई शासक बनाएर काठमाडौंमा ल्याउने र उनिहरु मार्फत राज्य संचालन गर्ने ईच्छा थियो, तर परिर्बतन र अर्काको अस्तित्व नस्विकार्ने एउटा बर्ग अझै रहेकाले त्यो सकिएन । तर, जे जति उपलब्धि भएका छन तिनको रच्छा गर्दै संघर्ष निरन्तर जारि राख्नु पर्दछ ।’

त्यसैगरि, अहिले जति अधिकार दलित समुदायले प्राप्त गरेका छन् ति अधिकारलाई गुम्न नदिई बाकीं अधिकारका लागि सबै एक भएर लाग्नु पर्नेमा उहाँले जोड् दिनु भयो । साथै उहाँले आफुहरु छिट्टै नै पार्टी एकिकरणमा लागेकाले दलित समुदाका गुमेका अधिकारलाई पुन: संबोधन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भएको थियो ।

अन्य मुलुकमा भएका क्रान्तीको प्रसंग जोड्दै उहाँले अहिलेको प्राप्त उपलब्धी पनि गुम्ने खतरा देखेपछि आफुले सम्झौता गरेको र हिले नै दलित समुदाय निरास भैहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । श्रीलंका, पेरु, बर्मा र ल्याटिन अमेरिकी देशहरुमा भएको क्रान्तीको प्रसंग निकाल्दै माओवादी क्रान्तीले गरेको उपलब्धीहरु गुम्ने संकेत देखिन थालेपछि आफुहरु सम्झौतामा आएको प्रष्ट पार्नु भयो ।

प्रतिकृया दिनुहोस्