RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/२० गते
२५४ पटक

काठमाडौँ । जागरण मिडिया सेन्टरद्धारा संचालित वार्षिक गतिविधिहरुको सामाजिक लेखाजोखा तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, दलित आयोगका पदाधिकारी, समाज कल्याण परिषद, गैर सरकारी महासँघ, दलित गैरसरकारी महासघका पदाधिकारी, साझेदारी संस्थाहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदाय समाजको पीँधमा रहेकाले कानूनको कार्यान्वयनका लागि सघंर्ष गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि उत्पीडित समुदायको नीति निर्माण तहमा समान सहभागिता हुुनुपर्नेमा जोड दिनुभयो ।

समाजकल्याण परिषद्का सदस्य आस्था केसीले दलित समुदायको मुद्दाप्रति मुख्यतः सरकार नै गम्भीर हुनुपर्ने बताउनुभयो । जेएमसीका अध्यक्ष कमला विश्वकर्माले कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका सबै तहमा दलित समुदायको समान सहभागिताका लागि नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भिम बहादुर विश्वकर्माले जागरण मिडिया सेन्टरले वार्षिक सञ्चालित गतिविधिहरु, उपलब्धीहरु सम्वन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

जागरण मिडिया सेन्टरका लेखा अधिकृत प्रकाश सुनारले २ करोड ४ लाख ७८ हजार ५ सय ५४ रुपैयाँको आम्दानी र १ करोड ७१ लाख ६७ हजार ९ सय ७९ रुपैँया खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।

जागरण मिडिया सेन्टरका उपाध्यक्ष मिलन परिवारको स्वागत र अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता र कार्यक्रम संयोजक वीर बहादुर नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस्