RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/७/१९ गते
३७० पटक

स्वच्छ व्यवसायि समुह नेपालले शुक्रबार काठमाडौमा २६ औं साधारण सभा तथा सामाजिक लेखापरिक्ष कार्यक्रम एक कार्यक्रमका बिचमा सम्पन्न गरेको छ । स्वच्छ व्यवसायिको वकालत गर्दै आएका संस्था भएकाले पनि संस्थागतरुपमा पनि पार्दशिता ल्याउन र संस्थागत गतिबिधि जानकारी गराउन सामाजिक लेखापरिक्ष गर्दै आएको संस्थाका अध्यक्ष डा.सुनिल चित्रकारले जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाका सचिव रेभिता श्रेष्ठले आर्थिक वर्ष २०७८÷०७९ वर्षको संस्थागत कार्यप्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँले स्वच्छ व्यवसायि समुह नेपालसंग ३२ वटा सदस्य संस्था जोडिएको बताउदै १० हजारलाई प्रत्यक्ष रोजगारी दिएको र अप्रत्यक्ष रुपमा ४५ हजारलाई रोजगारी सृजना  गरेको उल्लेख गर्नु भयो । श्रेष्ठले सीमान्तकृत सुमदायको आर्थिक,सामाजिक,सास्कृतिक विकास गर्न बिभिन्न तालिम,गोष्ठी,अन्तरकृया,उपकरण वितरण जस्ता काम गर्दै आएको बताउनु भयो । स्थानिय स्रोत साधन,सीप ,कलालाई व्यवसायमा उतारेर आयआर्जन गर्न सकिने भएकाले ग्रामीण स्तरमा कामलाई बिस्तार गर्दै लगिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सत्यान्द्र खड्गिले आर्थिक वर्ष २०७९÷८० को आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणी पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले स्थानिय स्तरका वस्तु,सेवा,सीप र कलालाई अन्तर्राष्ट्रियकरण गर्न स्वच्छ व्यवसायि समुह नेपालले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुसि व्यक्ति गर्नु भयो ।उहाँले सरकारका नीतिहरुसंग कार्यक्रमलाई जोडेर लैजानु पर्ने भएकाले नीतिगत वकालत गर्ने भुमिकामा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्यवसाय कामदारमैत्री बनाउन कामदार र लगानीकर्ताको बिचमा सम्बन्ध सुमधुरहुनु पर्ने सुझाव दिनु भयो ।

संस्थाका सहसचिव शारदा रिजालको संचालनमा भएको कार्यक्रममा सहभागिले स्वच्छ व्यवसायिका लागि नीतिगत पैरवी,संस्थागत कार्यक्रमको विस्तार गर्नुपर्ने सुझाव दिएका थिए।

 

 

प्रतिकृया दिनुहोस्