RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/७/४ गते
३९८ पटक

काठमाण्डौ । सूचनाको हकलाई तल्लो तहका नागरिक समक्ष पुरयाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले सबै सूचना संविधानले नागरिकलाई दिने भन्ने रहेकोले सबैको नागरिकको सूचना पाउने अधिकार रहेको बताउनुभएको छ ।

सूचनाका हकका लागि राष्ट्रिय महासँघले काठमाडौंमा दिपावलीका अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्गले सूचनाको प्रयोग प्रति जागरुप हुन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका पुर्वप्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सूचनाके हकका लागि राष्ट्रिय महासँघले सूचना प्रवर्दधनका लागि महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउँदै राष्ट्रिय सूचना आयोगले महासँघको समयन्त्रलाई प्रयोग गरेर अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

नेपाल पत्रकार महासँघका अध्यक्ष बिपुल पोख्रेलले लोकतन्त्रमा सबै भन्दा महत्वपूर्ण हुन्छ भने त्यो हो सूचनाको हक भएको बताउनुभयो । सूचनाको हकको प्रयोग र कार्यान्वयन देशलाई समुन्नत बनाउन सक्ने भएकोले सबै मिलेर सूचनाको हकको अभियानलाई अघि बढाउन पर्ने र आफु र नेपाल पत्रकार महासँघसँग सहकार्य गर्न कुनै कसर नछोड्ने बताउनु भयो ।

सूचनाका हकका लागि राष्ट्रिय महासँघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दले सूचनाको हकको व्यवहारिक प्रयोगका लागि काम गर्दै आएको बताउनुभयो ।

महासँघले आफ्नो स्थापनाको ९ महिनाको अवधिमा सातै प्रदेशमा प्रदेश समिति र करिव ४३ वटा जिल्ला जिल्ला समिति गठन गरिसकेको जानकारी दिनुको साथै झण्डै १२ वटा कार्यक्रम आयोजना गरेर जनचेतना जगाउने र सरोकारवालाको ध्यानाकर्षण गराउने काम गर्न सकेको जनाएको छ ।

कार्यक्रममा पुर्व पत्रकार एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिँह महर, अधिवक्ता टँकराज अर्याल, नेपाली उपभोक्ता सँरक्षण महासँघका अध्यक्ष चन्द्र साउँद र गैरसरकारी सँस्था महासँघका केन्द्रीय सदस्य कोपिला कुँवरले शुभकाना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्