RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/१९ गते
१२५२ पटक

काठमाडौं ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर ७ का वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षीया नेपालीको बिहीबार विहान २ वजे वडा नम्वर ७ स्थित आफ्नै निवासमा निधन भएको हो ।

२० दिनदेखि अस्वस्थ नेपालीलाई लखनउमा समेत उपचार सम्भव नभएपछि बुधबार साँझ घर पु¥याइएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेकपा माओवादी नगर कमिटी सदस्य समेत रहेकी नेपालीको बे्रनमा टिबी देखिएको परिवारको भनाइ छ । उनको बिहीबार नै सिधनीयाघाटमा परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

उनको निधनले वडावासीलाई अपुरणीय क्षती पुगेको भन्दै श्रद्धाका लागि बिहीबार एक दिन वडा कार्यालयको कामकाज पनि रोकिएको वडा अध्यक्ष जुम्मन खानले जानकारी दिए ।

यसैवीच उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा र उपमेयर उमा थापामगरले मृतात्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई भेटेर हार्दिक समवेदनाका साथै सान्त्वना प्रकट गरेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाले पे्रस नोटमार्फत पनि मृतात्माप्रति श्रदाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।

साभार–महिला खबर

प्रतिकृया दिनुहोस्