RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/२९ गते
३७६ पटक

कपिलबस्तु । कपिलवस्तु मायादेवि गाउँपालिकामा मानव अधिकार समुहको अध्यक्षमा सतिष कुमार पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा रिषीराम रैदास सचिवमा सुन्दरी लोनिया सहसचिवमा जमिल अहमद मुसलमान कोषाध्यक्षमा अब्दुल्लाह मुसलमान त्यस्तै सदस्यहरुमा जमिल मुसलमान, दिलिप कुमार बरई, चम्पा केवट बेलाल, अहमद मुसलमान, अजिजुद्दीन मुसलमान, जय प्रकाश चौधरी चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले मानव अधिकारका घटना हुन नदिनका निमित्त गाउँ टोल तथा वस्ती हुँदै पालिकासम्म भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै पालिका समाजिक विकास समितीका संयोजक वडा नंं ५ का वडा अध्यक्ष राघवेद्र प्रसाद पाण्डेयले मानव अधिकारका घटना दिनदिनै घटिरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्