RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/६ गते
४३६ पटक

काठमाडौं । राष्ट्रिय दलित नेटवर्कले संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्न जोडदार माग गरेको छ ।

यस ऐतिहासिक दिवसका अवसरमा नेपाल सरकारलाई हरवाचरवा पुनःस्थापना तथा कमैया कमलरी तथा हरलियाहरु जो अझै पुन ः स्थापना हुन बाँकी रहेको नेटवर्कले प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यान्वयन संरचनाको गठन गरी आगामी निर्वाचन पूर्व मुक्त हरवाचरवाको तथ्याँक संकलन गर्ने काम सम्पन्न गर्न माग रहेको केन्द्रीय अध्यक्ष गणेश विकेले बताउनुभयो ।

आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रीयतापूर्वक त्याग गर्नु भयो त्यसैगरी पुन : स्थापनाको आन्दोलनमा अझ सशक्त रुपमा एक भएर लाग्न मुक्त हरवाचरवा, हलिया तथा कमैया र कम्लरी आन्दोनका अगुवाहरुलाई आव्हान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्