RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/८ गते
५७५ पटक

काठमाडौंः सांसद शान्ता चौधरीले सरकार र मुक्त कम्लहरीसँग भएको सहमति यथासिघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् ।

संसदमा बोल्दै सांसद चौधरीले कमैयामुक्त भएको २२ वर्ष र कम्लरीमुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अहिलेसम्म उचित पुर्नस्थापना हुन नसकेको बताइन् ।

उनले भनिन्, ‘म प्रश्न गर्न चाहन्छु, यसअघिको सरकारले मुक्त कम्लरी र कमैयाका छोराछोरीलाई पुर्नस्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ ।’  उनले मुक्त कमैया र मुक्तकम्लहरीलाई यथोचित पुर्नस्थापनाको लागि सरकारसँग माग गरिन् । उनले भनिन्,’सरकार र मुक्त कम्लहरीसँग भएको १० बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न सरकारसँग माग गर्छु । ‘

अन्नपूर्ण पोष्टबाट साभार

प्रतिकृया दिनुहोस्