RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/४ गते
४८४ पटक

काठमाडौं । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गर्न बजेटसहितको कार्ययोजना निर्माण गरिएको छ ।

नेपाल सरकार भूमिब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको अगुवाईमा विस्तारित कार्ययोजना निर्माण गरी मन्त्रीपरिषदबाट पारित गरिएको थियो । हरवाचरवामुक्तिको घोषणालाई व्यवहारमा लागू गर्न तत्काल केन्द्रीय तथा प्रदेश स्तरमा अधिकार सम्पन्न संरचना निर्माण गरिएको जनाएको छ ।

प्रधानमन्त्रीज्युबाट घोषणा गरिएको ४ बुंदे घोषणा संकल्प प्रस्तावका रुपमा व्यवस्थापिका संसदबाट पारित गर्नुपर्ने माग सहित तत्काल प्रदेश सरकार तथा स्थानीयतहसंगको सहयोग, सहकार्य तथा समन्वयमा तथ्याँक संकलन गरी उनीहरूलाई परिचयपत्र प्रदान गर्नुपर्ने जनाएको हो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिम मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धमा विस्तृत कार्ययोजना र नीति बनाएर, मन्त्रीपरिषदले पािरत गरेर, त्यसलाई लागू गर्ने कानुन अनुसारका प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

मुक्त घाषित मुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गर्नु पर्ने माग समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्