RaraNews

प्रकाशित : २०७८/६/१५ गते
३९७ पटक

जलवायु परिवर्तनले स्वस्थ, शिक्षा, कृषि, प्रयटन लगायतका क्षेत्रमा गम्भीर असर परेको भन्दै सांसदहरुले यसको असर रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन । ।
सीमान्तकृत समुदायका सवालहरुलाई प्रभावकारी रुपमा संसदमा उठाउनका लागि सहयोग पुर्याउने उद्देश्यले दलित गैसस महासंघले आयोजना गरेको जलवायू परिबर्तनले बिपन्न समुदायको जीवकोपार्जनमा पारेको प्रभाव विषयक संसदीय बहस कार्यक्रममा सहभागी सांसदहरुले सो कुरा वताएका हुन् ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ डा.सुमन कर्णले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पुराना पानीको मुहान सुक्ने, आगलागी वढ्ने, हिउँ पग्लने, खानेकुरा र कृषिमा समस्या देखिने, स्वास्थ्यमा असर पर्ने जस्ता समस्या देखिएको वताउनुभयो । जलवायु परिवर्तनले गर्दा सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका सीमान्तकृत समुदाय वढी प्रभावित भएको वताउँदै उनीहरुलाई केन्द्रित गरेर अनुकुलनका कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान गर्ने, ज्ञानको आदानप्रदान गर्ने, कानुन, नीति नियम वनाउने र आवश्यकता अनुसार वजेट निर्धारण गर्ने र अनुगमन तथा मूल्यांकन गर्ने जस्ता सन्दर्भमा सांसदहरुले भूमिका खेल्नुपर्नेमा डा. कर्णले जोडदिनुभएको थियो ।


कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका सांसद मिनासिंह रखालले जलवायु परिवर्तनले प्रकृतिमा गम्भीर असर परेको भन्दै यसका प्रभाव रोक्न अभियान चलाउनुपर्ने वताउनुभयो । जलवायु परिवर्तनले स्वस्थ्य, शिक्षा, कृषिमा असर परेको वताउँदै सांसद रखालले तल तलसम्म चेतना फैलाउनुपर्ने समेत वताउनुभयो ।


यसैगरी गण्डकी प्रदेश सांसद लक्ष्मी सुनारले दलित तथा पिछडावर्ग जलवायु परिवर्तनबाट वढी प्रभावित भएको भन्दै उनीहरुलाई केन्द्रित गरेर उचित व्यवस्था गर्नुपर्ने वताउनुभयो ।
लुम्विनी प्रदेश सांसद माला गोतामे सुनारले जलवायु परिवर्तनका असर न्युनिकरण गर्ने कामलाई तिनै तहका सरकारले प्राथामिकतामा राख्नुपर्ने वताउनुभयो । राष्टिय सभाका सांसद शेरवहादुर कुँवरले जलवायु परिवर्तनले दलित तथा विपन्न वर्ग वढी पीडित भएको जनाउँदै स्थानीय तहमा सचेतना वढाउनुपर्ने वताउनुभयो ।


कर्णाली प्रदेश सांसद देवी ओलीले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभएपनि यसको असर वेहोर्नुपरेको वताउँदै अनुकुलन कार्यक्रमका लागि विकसित देशहरुसँग क्षतिपूर्ति समेत माग्नुपर्ने वताउनुभयो । वाग्मती प्रदेश सांसद मैना अच्छामीले स्थानीय तहका जनप्रतिधिहरुलाई प्रशिक्षित गरेर अगाडि वढ्नुपर्ने वताउनुभयो ।प्रदेश दुईका सांसद सुनिता रामले सरकारले दलित समुदायका सवाललाई ध्यान नदिएको गुनासो गर्नुभयो ।


कर्णाली प्रदेश सांसद पुष्पा घर्तीले जलवायु परिवर्तनको न्यूनीकरणका लागि विज्ञहरुले व्यावहारिक पाटोलाई ध्यान दिदै ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने वताउनुभयो । कार्यक्रम दलित गैसस महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको अध्यक्षता, र महासचिव जेवी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम युएनडिपिको संसद सहयोग परियोजनाको सहयोगमा दलित गैर सरकारी संस्था महासंघले आयोजना गरेको थियो

प्रतिकृया दिनुहोस्