RaraNews

प्रकाशित : २०७८/५/१७ गते
५२५ पटक

सबै मिलेर बिपद्को सामना गर्नुको बिकल्प नभएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । अहिले प्राकृतिक र गैरप्राकृतिक बिपद्को एक्कै पटक सामना गरिरहेका बेला सबै खाले बिपद्लाई मिलेर सामना गर्नुपर्ने बताईएको हो ।

जागरण मिडिया सेन्टरले उत्पादन गर्ने साप्ताहिक कार्यक्रम “कट्वाल रेडियो पत्रिका”मा बोेल्ने वक्ताहरुले सो कुरा जोड दिएका हुन् । देशका बिभिन्न ठाउँमा मौसमी बिपद्ले बाढि,पहिरो,डुवान घटना भैरहकाले अहिले तीनै तहको सरकारी राहत,उद्धार,पुनस्थापना जुटिरहेको बताईएको छ ।

मौसम बिद सचिना शाक्यका अनुसार मौसम अझै एक महिना रहने भए पनि अब बिस्तारै भारी वर्षा कम हुदै जाने जानकारी दिनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेशका १२ ओटा जिल्ला पनि बाढी ,पहिरो र डुवानको जोखिममा छन । पछिल्लो समयको भारी वर्षाले रुपन्देही,नवलपरासी,कपिलवस्तु लगायतका जिल्लाहरु नराम्रोसंग प्रभाबित भए त्यस्तै प्रदेश प्रहरी कार्यालय अनुसार यसवर्ष २७ जनाले ज्यान गुमाए भने १६ जना घाईते भएका छन ।

अरु वर्षहरुमा भन्दा भदौरे झरी बढि परेकाले पनि जनधन,भौतिक संरचनामा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा सह प्रवक्ता बेदनिधि खनालले जानकारी दिनुभयो ।

यस वर्ष बाढि,पहिरो,डुवानबाट ६८ जिल्ला प्रभावित भए भने १०१ जनाको मृत्यु, बेपत्ता४४ जना र घाईते १११ जना तथ्याङ्क संकलन भएको प्राधिकरणका उपसचिव तथा सह प्रवक्ता बेदनिधि खनाल बताउनु भयो । प्राधिकरण जिल्ला बिपत व्यवस्थापन प्राधिकरणसंग समन्वय गरेर ५ जनाको परिवारलाई १५ हजार र त्यो भन्दा धेरै संख्या भएको परिवारलाई २० हजार उपलब्ध गराउदै आएको ,५० हजार अस्थाई आवास निर्माणका लागि ,घाईतेलाई निशुल्क उपचार र यातायात खर्चको व्यवस्था,मृतक परिवारलाई १ लाख रुपैयाँ र कुनै पनि परिवारले वस्ती स्थानान्त्रण गर्न चाहे जग्गा किन्नका लागि तीन लाख अनुदान उपलब्ध गराउदै आएको जानकारी दिनु भयो ।

यस वर्ष देखि स्थानिय तहले लाभग्राही पहिचाहन गरि पठाएकालाई निजी आवास अनुदान भनेर तराईमा ३ लाख,पहाडमा ४ लाख , हिमालमा ५ लाख र आशिंक क्षति भएका घरको पुन निर्माणका लागि ५० हजार दिने व्यवस्था गरेको बताउनु भयो । उहाँले बिपद् कुनै निकायले मात्रै न्युनिकरण र व्यवस्थापन गर्न नसक्ने भन्दै यसमा सबैको सहयोगको खाचो भएको औल्याउनु भयो ।


जलस्रोतविद् अजयमणि दीक्षितले मौसमजन्य बिपद् क्यालेन्डर जन्य बिपद् हो भन्ने थाहा हुदाहुदै पनि पुर्व तयारीमा चुक्दा वर्षेनी धेरै जनधनको क्षति भोग्नु परेको भनाई राख्नु भयो । उहाँले विकास निर्माण गर्दा प्रयोग गर्ने साधन,साम्रगी ,अध्ययन कमी र प्रकृतिलाई बुझन नसक्दा विकासले विनास निम्त्याएको तर्क राख्नु भयो ।

बिपद्बारे विकास निर्माण गर्दा अध्ययन अनुसन्धान गरेर गर्नुका साथै पुर्व सुचना ,राहत ,उद्धार र पुनस्थापनामा सबैसंग हातेमालो गरेर जानु पर्ने बताउनु भयो । बिपद् न्युनिकरण र व्यवस्थापन गर्न स्थानिय तहलाई सबै कुरा थाहा हुने भएकाले स्थानिय तह बढि जिम्मेवार बन्नुपर्ने र प्रदेश,संघ,अन्य संघसंस्था,समुदायको पनि भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्