RaraNews

प्रकाशित : २०७८/३/४ गते
८५१ पटक

काठमाडौँ — कोठा खोज्ने क्रममा जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानविरुद्ध पत्रकार तथा कलाकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । बिहीबार दिउँसो उनले सिंहदरबार प्रहरी वृत्तमा उजुरी दर्ता गरेकी हुन् ।

मंगलबार कोठा खोज्ने क्रममा उनलाई घरबेटी प्रधानले जातीय विभेद गरेकी थिइन् । जुन कुरा रुपाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीमा उजुरी दर्ता गर्न धेरैको सुझाव आएको थियो ।

सोही सुझावसँगै घरबेटीविरुद्ध कानुनी लडाई लड्न उनले बिहीबार प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । उजुरीमा उनले आफूमाथि जातीय विभेद गर्ने घरबेटी प्रधानलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन ।

कोठा खोज्दा सुरुमा खाली छ भनेको तर जात सोध्दा ’म दलित समूदायकी हुँ’ भन्दा घरबेटी प्रधानले ठाडै फोन गरेर कोठा दिन नसकिने बताएकी थिइन् ।

इमेज टेलिभिजनमा कार्यरत सुनार पेशाले मोडलिङमा पनि सक्रिय छिन् । पछिल्लो समय उनी जातीय विभेदविरुद्धको अभियानमा सक्रिय हुँदा आफैले जातीय विभेद भोगेकी हुन् ।

दलित अनलाईन बाट

प्रतिकृया दिनुहोस्