RaraNews

प्रकाशित : २०७८/२/२१ गते
१०४९ पटक

सीता बि.के.

एक महिलना लामो निषेधाज्ञाले गरिब,बिपन्न,असाय, मजदुरहरु तथा अति सिमान्तकृत वर्ग दैनिक छाक टार्न धौधौ भएको उनीहरुले गुनासो गरेका छन ।

कैलाली लम्की चुहा नगरपालीका बलचौरकी भोगु वादीले रोगले भन्दा भोकले मर्ने डर भएको दुखेसो पोख्नु भयो । निषेधाज्ञा भएको एक महिना भयो, एउटा संस्थाले २५ किलो चामल एक महिना अगाडि दिए थियो, अहिले सम्म चलेको छ, अब के खाने हो थाहा छैन ?

सोही ठाउँकी मनकुमारी वादीको पनि समस्या उस्तै छ पहिला मादल बजाउने,मादल बजाएर,गीत गाएर गाउँतिर गएर जसो जसो गुजारा चलाएका थियौ अहिले झन गाह्रो भयो । कतै जान छैन साझ बिहानको छाक टार्न कहिले खोलामा जलुका,साग टिप्न जान्छौ,कहिले जंगलमा गिट्ठा खोज्न जान्छौ, कहिले छिमेकमा पैचौ चामल खोजेर त्यसैको माड बनाएर खान्छौ धेरै दुख छ भन्दै गुनासो पोख्नु भयो । । लम्कीचुहा नगरपालीका बलचौरमा १४८ घर धुरी छ, त्यहाँका धेरै जसोको समस्या भोग र मनकुमारी वादीको जस्तै छ ।

यता बुटवल उप महानगरपालीका वडा नं.११ मा बस्ने कृष्ण कुमारी नेपालीलाई पनि हिजो आज खानाको समस्याले पिरोल्ने गर्दछ । दैनिक ज्यालादारी मजदुरी गर्ने कृष्ण र उहाँको श्रीमानको हिजो आज काम ठप्प छ । त्यसैले उहाँलाई साझ बिहान हातमुख कसरी जार्ने चिन्ताले पिरोल्ने गर्दछ । उहाँले भन्नु हुन्छ। “परिवारमा चार जना छौ ,कसरी खाने हो ,काम गरेको ठाउँमा पनि पैसा दिदैनन्,पसलमा उदारो पत्याउदैनन् खानकै चिन्ता छ । ” भोगु,मन कुमारी र कृष्ण जस्तै समस्या अधिकाम्श गरिब,बिपन्न,असाय, मजदुरहरुको छ । एक महिला लामो निषेधाज्ञामा त्यो वर्गलाई दैनिक गुजारा चलाउन धौधौ भए पनि कसैको ध्यान पुग्न सकेको छैन । स्थानिय तह,प्रदेश ,संघ तथा अन्य गैरसरकारी संघसंस्थाले राहत वितरणको काम अझै गर्न सकेका छैन ।


लम्किचुहा नगरपालीकका मेयर महावीर बजगाईले कसैलाई खनाको लागि समस्या भए नगरपालीकामा खबर गर्न अनुरोध गर्नु भयो । यता,बुटवल उप महानगरपालीका वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले हरेक टोलमा टोल विकास समितीहरु भएकाले टोल विकास संस्था मार्फत गुनासो आएर त्यस्ता गुनासोहरुको सम्बोधन गरिने जानकारी दिनु भयो । त्यस्तै बुटवल उप महानगरपालीका प्रमुख शिव सुवेदीले भोकबाट कोही पनि मर्न नपर्ने गरि टोल विकाश संस्था मार्फत आएका समस्यालाई मुल्याङ्न गरि सम्बोधन गरिने जानकारी भयो । यसै बिचमा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बुटवलका सचिव तथा प्रवक्ता डा. खग्रन्द्र प्रसाद सुबेदीले राहतको सवाल स्थानिय तहको अधिकार क्षेत्रमा भएकाले त्यो सवाल स्थानियले सम्बोधन गर्न बताउनु भयो ।


उता प्रदेश नं.२ मा गरिबीको संख्या धेरै छ । त्यहा स्थानिय तहले पनि राहतको काम गरेका छैनन । यसै बिषमयमा २ नं. प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सचिव याम प्रसाद भुषालले अहिले सबैको ध्यान स्वास्थ्य सामग्री,उपकारण जोहो , अक्सिजन तथा कर्मचारी व्यवस्थामा बढि ध्यान दिएको र अब राहत वितरणका सवालमा अब छिटै छलफल गरि सम्बोधन गर्ने जानकारी दिनु भयो । गैरसरकरी संस्था महासंका उपाध्यक्ष सुमित्रा शर्माले जनचेतना,डाटासंकलन जस्ता काममा लागेको र अब राहत वितरणमा जोड दिने र स्थानिय तहसंग अरु सरोकारवालाहरुसंग समन्वय ,सहकार्य गरेर राहत वितरण गर्र्ने धारणा राख्नु भयो ।

प्रतिकृया दिनुहोस्