RaraNews

प्रकाशित : २०७८/२/१९ गते
९७२ पटक

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

संघको केन्द्रिय समितिको आयोजनामा ‘संघको दुई वर्षको उपलब्धि र अबको जिम्मेवारी’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ भने विभिन्न जिल्ला र प्रदेशहरुमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको छ ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले साझा लक्ष्यलाई पूरा गर्न संघले पत्रकार महासंघ लगायतका संघ संस्थासँग कार्यगत एकता गर्न जरुरी रहेको बताए ।

अध्यक्ष पोख्रेलले संघले स्थापना भएको छोटो समयमै नेपाल पत्रकार महासंघको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको लागि खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । उनले संघ स्थापना भएकै दिनदेखि दिनदेखि महासंघको अभिन्न अंगको रुपमा स्वीकार गरेको पनि बताए ।सामाजिक आन्दोलनमा महासंघ सँगसँगै रहने र सामाजिक परिवर्तनका लागि संघले शसक्त रुपमा अघि बढ्नेमा विश्वास व्यक्त गर्दै अध्यक्ष पोख्रेलले संघलाई साझा सम्पत्तिको रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

‘समावेशी आन्दोलनमा भएको जवरजस्ती उपस्थितीले केही न केही परिवर्तन गराएरै छाड्ने छ’ उनले भने, ‘महासंघमा दलित र दलित महिलाको उपस्थितीलाई समावेशी बनाउन भुमिका सबैको उत्तिकै छ । अबका दिनमा झन पूर्ण समावेशी बनाउन संघले त्यति प्रकारको भुमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।’

सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियनको आगामी महािधवेसनमा दलित समुदायका सञ्चारकर्मीहरुको सहभागीता वृद्धि गरिने र दलित महिलाको सहभागीता सुनिश्चित गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष सिग्देलले सबै जिल्लाहरुमा रहेका प्रेस युनियनका सदस्यहरुलाई संघमा आवद्ध गराउने प्रतिवद्धतासमेत जनाए ।

त्यसैगरी प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले समावेशी आन्दोलनका लागि जातीय संघ संस्थाको भुमिका उच्च रहने बताए । उनले महासंघमा दलित समुदायको प्रतिनिधित्व सोचेअनुसार नभएकाले आगामी दिनमा संख्यात्मक रुपमा वृद्धि गर्न लाग्नुपर्ने बताए ।

नेपाल आदीवासी जनजाति महासंघका अध्यक्ष डण्ड गुरुङले आज राष्ट्रिय दलित पत्रकार संघको मात्रै स्थापना दिवस नभएर समग्र उत्पीडित समुदाय र समावेशी आन्दोलनको स्थापना दिवस भएको बताए ।

संघका अध्यक्ष विनोद पहाडीको सभापतित्वमा भएको सो कार्यक्रममा दलित आन्दोलनका अगुवा गणेश विक, संघका प्रदेश नं. १ का अध्यक्ष तथा भुमी आयोग धनकुटाका अध्यक्ष नैन विश्वकर्मा, दलित अध्यता जेवी विश्वकर्मा लगायतले दलित समुदायका सञ्चारकर्मीहरुको साझा संस्थाको रुपमा स्थापित संघले दलित समुदायकै नेतृत्वदायी भुमिका निवाृच गर्नसक्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली संघ स्थापना भएपछि २ वर्षको अवधीमा काठमाडौं उपत्यकासहित ८ प्रदेश र ६२ जिल्लामा शाखा विस्तार भइसकेको जानकारी दिए । कार्यक्रममा सचिव रिता बुढाथोकीले स्वागत गरेकी थिइन् भने सचिव विरु नेपालीले सञ्चालन गरेका थिए ।

दलित समुदायका पत्रकारहरुको छाता संस्था पत्रकार संघको २०७६ साल जेठ १८गते घोषणा गरिएको थियो । पत्रकार संघ घोषणाका दिनलाई प्रत्येक वर्ष स्थापना दिवसका रुपमा मनाउन थालेकाने संघले जनाएको छ ।

दीप प्रज्वलन सम्पन्न

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको दोस्रो स्थापना दिवस मंगलबार कोरोना महामारीमा ज्यान गुमाएकाहरुको स्मरण तथा कोरोना निवारणको कामना सहित दीप प्रज्जवलन गरेर मनाइएको छ ।

संघको लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिले बुटवलमा संयुक्त रुपमा दीप प्रज्जवलन गरि स्थापना दिवस मनाएका हुन । दलित समुदायका पत्रकारहरुको छाता संस्था पत्रकार संघको २०७६ साल जेठ गते घोषणा गरिएको थियो । पत्रकार संघ घोषणाका दिनलाई प्रत्येक वर्ष स्थापना दिवसका रुपमा मनाउन थालेकाने संघले जनाएको छ ।

बुटवलमा आयोजित दीप प्रज्जवलन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले नेपाली सञ्चारमा आबद्ध करिव १३ सय पत्रकारहरुको छाता संस्थाका रुपमा संघ स्थापित भएको भन्दै स्थापना दिवसको शूभकामना दिनुभयो । उहाँले यो वर्ष कोरोना महामारीले ठूलो क्षती गराएको बताउँदै संक्रमणबाट मृत्यू भएका पत्रकार तथा सञ्चारकर्मीको परिवारलाई तीन तहको सरकारले राहात दिन माग गर्नुभयो । उहाँले प्रदेश, स्थानीय र संघीय सरकारले कोरोनाकै कारण सञ्चारकर्मीको मृत्यू भएमा परिवारलाई रोजगारी तथा अन्य कुनै राहात दिलाउन ध्यानआर्कषण गराउनुभयो । साथै उहाँले कोरोना निवारण र विश्व शान्तिको कामना समेत गर्नुभयो ।

उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले संविधान र कानुनले मात्रै विभेद अन्त्य हुन नसकेको बताउँदै आन्दोलनकै रुपमा अघि बढाउन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले संघले छोटो समयमा आफूलाई स्थापित गरेको भन्दै शूभकामना दिए । संघका लुम्बिनीबाट केन्द्रीय उपाध्यक्ष विनोद परियारले जेठ १८ गते संघले देशैभरका दलित समुदायका पत्रकारहरुलाई जोड्ने महत्वपूर्ण कामको थालनी गरेको बताए । उक्त अवसरमा फूलू सुनार, रेडियो जागरण सञ्चालक समिति सदस्य सरोज गौतम, समाजसेवी अमृत गहतराज लगायतको उपस्थिती थियो ।

कार्यक्रमम संघका प्रदेश सचिव सञ्जय सौगातको अध्यक्षता तथा रुपन्देहीका जिल्ला अध्यक्ष टंक सुनारको सञ्चालनमा भएको थियो । संघको हालसम्म ७ प्रदेश र ६५ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

यसैविच राष्ट्रिय दलित पत्रकार संघ, नेपाल स्थापनाको दिवसका अवसरमा लुम्बिनी प्रदेश र जिल्ला कमिटिले छुटाछुट्टै विज्ञप्ति जारी गरि शूभकामना सन्देश दिएका छन । प्रदेश अध्यक्ष चिन्ता परियार र सचिव सञ्जय सौगातले विज्ञप्ति निकालि कोरोना महामारीले पत्रकारिता पेशा चुनौतीपूर्ण बनेको बताउँदै कोरोनाबाट बचेर काम गर्न आग्रह गरेका छन । यस्तै संघको रुपन्देही शाखाका अध्यक्ष टंक सुनार र सचिव सुरेश परियारले विज्ञप्ति जारी गरि संघको स्थापना नेपाली पत्रकारिता जगमा ऐतिहासिक भएको उल्लेख गरेका छन ।

अर्घाखाँचीमा पनि दीप प्रज्जवल
यता, राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसका अवसरमा आज अर्घाखाँचीको सन्धिखर्कको शान्ति बगैंचामा दिप प्रज्जवलन गरेको छ । दिप प्रज्वलन गर्दै कोरोनाबाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा संक्रमितलाई सिघ्र स्वास्थ लाभको कामना समेत गरेको छ ।

संघका जिल्ला अध्यक्ष सागर परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, पत्रकार मुक्तिनाथ भुसाल, पत्रकार बसन्त श्रेष्ठ, संघका सचिव अयन विश्वकर्मा, सदस्य विक्रम नेपाली, सरु सुनार लगायतका साथीहरूको उपस्थित रहेको थियो ।

चितवनमा कार्यस्थलमै प्रज्जवलन
त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रीय समितिले आज आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आह्वान गरेको देशव्यापी दीप प्रज्वलन कार्यक्रमलाई समर्थन जनाउँदै चितवनमा आफ्नै निवासमा दीप प्रज्वलन सम्पन्न गरिएको छ ।

संघले कोरोना संक्रमणका कारण आफ्नै कार्यस्थलमा दीप प्रज्जवल गर्न निर्देशन दिएको थियो । सोही अनुसार नेपालभर कोरोना संक्रमणबाट दिवंगत भएका सञ्चारकर्मीप्रति श्रद्धाञ्जली दिन र संक्रमितहरुको स्वास्थ्यलाभको कामना गर्दै चितवनका सञ्चारकमीृहरुले कार्य स्थलमै दिप प्रज्जवलन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्