RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/५ गते
१००९ पटक

कञ्चनपुर माघ ४,
सामाजिक संजाल फेसबुक मार्फत दलित समुदायलाई गाली गर्ने दिलिप पन्तविरुद्ध मुद्दा दायर गरिएको छ । कञ्चनपुरका दलित अगुवा दिलाराम टमाटालगायतका दलित अगुवाले दिएको मुद्दा बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता गरेको हो । दलित अगुवाले दलित समुदायलाई फेसबुकमार्फत अपशब्द प्रयोग गर्दै गाली गर्ने पन्तविरुद्ध मुद्दा दर्ता गरिएको बताउनु भयो ।
कञ्चनपुरका नेकपा माओवादीका युवा नेता विरेन्द्र विसीले मुद्दा दर्ता गरेर कार्बाहीको माग गरेको बताउनुभयो । उहाँका अनुसार जातीय विभेद छुवाछुतसम्बन्धी मुद्दा दायर गरिएको  छ ।
साभार ; गोरखापत्र

प्रतिकृया दिनुहोस्