RaraNews

प्रकाशित : २०७८/२/२ गते
८९२ पटक

जेठ २, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य आशा विकले बझाङका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।
कोरोना संक्रमणको भयाभव अवस्थामा जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव भएपछि प्रतिनिधी सभा सदस्य विकले स्वास्थ्य विभागबाट स्वास्थ्य सामाग्री संकलन गरेर बझाङ पठाउनुभएको हो ।

उहाँले स्वास्थ्य विभाग टेकुबाट ४० लिटर क्षमता भएका ७ थान सिलिण्डर, इन्फ्रारेड थर्मोमिटर १० थान, गाउन २०० थान, एन ९५ मास्क २०० थान, सर्जिकल मास्क २ हजार थान, पञ्जा १२ जोर, गमबुट १२ जोर, सेनिटाईजर २० लिटर, फेस सिल्ड १०० थान पठाएको बताउनु भयो । उक्त स्वास्थ्य सामाग्रीहरु काठमाडौंबाट शुक्रबार नै बझाङ पठाइको छ ।

उहाँले कसैले धन्यवाद देलान भनेर राजनीति गर्न जिल्ला अस्पताल बझाङमा स्वास्थ सामग्री पठाएको नभई बझाङका गरिव विपन्न वर्गका समुदाय अक्सिजन अभावमा हेलिकप्टर चढेर काठमाडौ आउन नपरोस, र कोही अक्सिजन पाएर मर्न परोस भनेर एउटा सानो पहल गरेको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालमा स्टाटस मार्फत “बझाङ जिल्ला अस्पताल प्रदेश मातहतको अस्पताल हो प्रक्रिया अनुसार केन्द्र ,प्रदेश हुदै जिल्ला पुग्दा यो अभावमा समय लाग्ने हुदा मानवताको हिसाबले सक्दो काम गरेको हो हरेक कुरामा नकारात्मक देख्ने लाई मेरो भन्नू केही छैन, ” लेख्नुभएको छ ।

उहाँ थप लेख्नुहुन्छ, “सामाजिक संजालमा सांसदहरुको खोजि भएको पनि थियो मैले मेरो कर्तव्य पूरा गरेको हो,अनि सरकार मातहतका स्वास्थकर्मी, नेपाल प्रहरी, प्रशासन, नेपाल सरकारका अन्य कर्मचारी र समाजसेवीले, रात दिन काम गरेका छन, उनीहरुको मनोबल घट्ने गरि सरकारले काम गरेन भनी नकारात्मक टिप्पणी मात्रै गर्दा २४घण्टा पि पि ई भित्र वाफिनेहरुको मन ले के भन्छ । फुर्सद छ भन्दैमा जे पायो त्यही नलेखौ ।

आशा कुमारी विक वझाङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्