RaraNews

प्रकाशित : २०७७/१२/१३ गते
११८६ पटक

दलित समुदायको शिक्षा पहुँच पु-याउन सरोकारवालाहरु जिम्मेवार बन्नु एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । ५६ औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवस सन्दर्भमा शुक्रबार काठमाडौ आयोजित शिक्षामा दलित,चुनौती र अबको बाटो बिषयक अन्र्तक्रियामा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

बिद्यालय तहको शिक्षाको अधिकार स्थानिय तहमा भएकाले शिक्षामा दलितको पहुँच,छात्रवृति लगायतका सवालमा स्थानिय तह गम्भीर बन्नु पर्ने बताएका छन । शिक्षा कुनै पनि व्यक्तिको जीवनमा निकै महत्वपुर्ण हुने भएकाले दलित समुदायको विकासका लागि पनि शिक्षामा पहुँच पु¥याउनु पर्ने बताईएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.बिद्यानाथ कोईरालाले दलित समुदायको शिक्षामा अझै पनि पहुँच पुग्न नसकेको र उच्च शिक्षा हासिल गर्ने सम्म पु¥याउन निकै चुनौती रहेको धारणा राख्नु भयो । सबैका लागि शिक्षा भने पनि,बिभिन्न निती नियम बने पनि सुचना पहुँच,आर्थिक,सामाजिक लगात बिभिन्न कारणबाट त्यो समुदायको बञ्चित हुनु परेको बताउनु भयो । उहाँले दलित समुदाय कला,सिपको धनी समुदाय भएकाले बिभिन्न परम्परागत सीप ,कलालाई आधुनिकिकरण गरेर व्यवहारीक शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गर्नु भयो । त्यस्तै हरेक व्यवहारीक सिकाईलाई शिक्षासंग जोडेर हेर्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले बिद्यालय तह देखि नै शिक्षामा विभेद हुने भएकाले प्रत्येक व्यक्तिले सोचमा परिवर्तन गरेर समतामुलक समाज निर्माण गर्न शिक्षाले भुमिका खेल्नु पर्ने बताएका थिए । कार्यक्रममा अधिकारकर्मीहरु गणेश वि.क.,चक्रमान विश्वकर्मा ,गौरा नेपाली र युनेस्कोका वरिष्ठ कार्यक्रम अधिकृत प्रतिभा श्रेष्ठ लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रम युथ एड्भोकसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाको संचालनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सुचनाको पहुँच नहुनु,छात्रवृति , निती नियमबारे जानकारी नहुदा धेरै जना शिक्षा लिन पाउने अधिकारबाट बञ्चित हुनुपरेको गुनासो पोखेका थिए । कार्यक्रम जागरण मिडिया सेन्टर , युथ एड्भोकसी नेपाल सहित आधा दर्जन बढि संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बिभिन्न शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्था, युवा लगायतहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्