RaraNews

प्रकाशित : २०७७/११/२६ गते
१०३८ पटक

झगडाको विउ र निउ सानो हुनु पर्दैन । आगोको सानो झिल्काले घर परिवार र गाउँ नै सखाप हुन केही वेर लाग्दैन । र यसले समाज र राज्यलाई स्तब्ध बनाईदिन्छ । अहिले दैलेखको आठबिस नगरपालिका ३ को गाउमा भएको एक घटनाले पुरै गाउँ र दैलेखबासीलाई शोकमा डुबाईदिएको छ । श्रीमानले मदिरा पिएर सुरु हुने दिनहुको किचलो र परिवारीक तनावका कारण श्रीमतीले मानसिक रुपमा विचलित भएपछि आफ्ना सबै सन्तान लिएर कर्णाली नदीमा हाम फालेर आत्महत्या गरिन् । श्रीमतीले अनेकन सम्झाउने कोशिष गर्दा समेत मदिरा छोड्न नसकेपछि उनले श्रीमती र सबै छोराछोरी गुमाउनुपर्यो । श्रीमानको व्यवहारले वाक्क भई डिप्रेसनमा पुगेकै कारण यसरी श्रीमतीले आफ्ना सबै सन्तान सहित मृत्यूबरण गर्नुपर्यो । यो घटना विश्वभरी अन्तराष्टिय नारी दिवसको तामझाम र उत्साह मनाइरहेकै वेला आठ मार्च अर्थात गत फागुन २४ गते  दैलेखको आठविसमा हुन पुगेको थियो । घटना सामान्य हैन, एक श्रीमानको पिडाले मानसिक रुपमा विछिप्त, घरको आर्थिक अवस्था र गरीवी सबै चोटले खपीनसक्नु भएपछि परीवारको वंशै सखाप हुन पुग्यो ।

श्रीमान मानहिंसा बडुवाल र श्रीमती सुकु बडुवालसँग सधै झगडा पथ्र्याे । त्यो दिन पनि निकै ठुलो झगडा भएछ । अति भएपछि खति हुन्छ भनेझै त्यो दिनको घmगडाले ठुलै खति भयो । संयोग महिला दिवस कै दिन दुखान्त घटना भयो । उनीहको परिवारमा ६ जना सदस्य थिए । आमा, बुबा, तीन छोरी र एक छोरा । आमा सुकु बडुवाल ‐३५) गृहिणी थिइन् । बुबा मान बहादुर बडुवाल बाख्रा र भैसी पालन गर्थे । जेठी छोरी कल्पना बडुवाल ‐१४),माहिली सरिता बडुवाल ‐११),साइलो छोरा ललित बडुवाल ‐८) र कान्छी छोरी रजनी बडुवाल ‐५) सहित सुन्दर परिवार थियो ।
पहिला धन कमाउन भारतको कालापहाड ‐भारत जाने मान बहादुर पछिल्लोपटक उनी तीन महिनामै घर फर्केकेका थिए । दैलेख प्रहरीका अनुसार घरको आर्थिक अवस्था कमजोर थियो । उनी दैनिक जसो मदिरा सेवन गरिरहन्थे । कारण थियो,गरिबी र परिवारको अत्यधिक बोझ । श्रीमानले मदिरा सेवा गर्ने गरेका कारण श्रीमतीसँग सामान्य घर झगडा भइरहन्थ्यो । तीन छोरी र एक छोराले आमा बाबा बीचको बेमेल सहेर बसिरहेकै थिए ।
आत्महत्या गरेको केही दिनमा जिल्ला दैलेख आठविस नगरपालिका वडा नम्बर ०३ निमाईल बस्ने मान बडुवाल की छोरी वर्ष १२ की सरिता बडुवाल र वर्ष १४ की कल्पना वडुवाल सोमबार दिउँसो मृत अवस्थामा भेटिएका थिए । यस्तै मगंलबार दिउँसो १२ बजे सुकी बडुवाल ‐आमा) र १० वर्षीय ललित बडुवाल ‐छोरा) पनि मृत भेटिए । अझै ५ वर्षीया रजनी बडुवाल हराईरहेकी छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठ पनि घटनाको कारण मदिरा सेवा र श्रीमान र श्रीमती बीचको झगडा नै रहेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी श्रेष्ठका अनुसार अहिले मान बहादुर बडुवाल माथि अनुसन्धान भईरहेको छ ।
आत्महत्यापछि हराईरहेका ४ जना मध्ये अछाम पञ्चदेवल विनायक ननगरपालिका – ४ बेलखेत स्थित कर्णाली नदिमा माछा मार्ने पासोमा २ जना अपरिचित बालिकाका शव भेटिएको थियो । नदिमा माछा मार्न गएका सोही ठाउँका रन्जित विकले दिउँसो २ः५० बजेतिर नदिमा बालिकाहरुको शव भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय अछामलाई गराएका थिए ।
त्यसपछि प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा पुगेको प्रहरीको टोलीले दैलेख जिल्लाका विभिन्न वडासम्म खोजतलास र हुलिया पठाईसकेपछि प्राप्त हुलिया अनुसार उनीहरु जिल्ला दैलेख आठविस नगरपालिका वडा नम्बर ३ निमाईल गाउँका किशोरी रहेको प्रमाणित भएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठ सोही गाउँका मान बडुवाल की छोरी वर्ष १२ की सरिता बडुवाल र वर्ष १४ की कल्पना बडुवाल हुन भनी पहिचान भएको जानकारी दिए ।
मृत बडुवाल दिदीबहिनी र भाइ नेरा माद्यमिक विद्यालयमा पढ्थे । अहिले थप एक जनाको खोजी भईरहेको अन्य जार जनाको पोष्टमार्टमका लागि अछाम जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ । मानसिंह बडुवाल भने प्रहरीको हिरासतमा छन् ।

विरु पाल्पाली _ फागुन २६ गते २०७७

प्रतिकृया दिनुहोस्