RaraNews

प्रकाशित : २०७७/८/९ गते
९२७ पटक

यतिखेर सबैको चासो र चिन्ताको विषय बनेको छ, कोरोना विरुद्धको खोप वजारमा कहिल्ये आईपुग्ला ? आधा दर्जन भन्दा बढि कम्पनीले कोरोना विरुद्धको खोप उत्पादनको अन्तिम चरणको मानव परिक्षण नतिजा प्रभावकारी भएको सुचना सार्वजनिक गरे लगत्तै सबैको चासो बढिरहेको हो ।
अहिले अमेरिका, बेलायत, जर्मनी रुस, चीन, लगायतका देशहरुका औषधी कम्पनीहरुले निर्माण खोपको क्लिनिकल ट्रायल सफल भएको रिर्पोट प्रकाशित गरिरहेका छन् । यद्यपि कहिले सम्म यो खोप प्रयोग गर्न पाइएला भन्ने एकिन भने भईसकेको छैन । मात्रै यस वर्षको अन्तिम र सन २०२१को विचसम्म प्रयाप्त हुने अपुष्ट खवर प्राप्त भईरहेको छ । विकसित धेरैजसो मुलुकहरुले खोप भित्राउन आर्थिक, तथा प्राविधिक व्यवस्थापनको सबै तयारी सुरु गरिसकेका छन् । तर खोप निर्माणको सफलता सँगै प्रतिव्यक्ति खोपको मूल्य कति पर्छ भन्ने मूल्याङ्कन गरिईसकेको छैन ।
कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायल ९०/९५ प्रतिशत सफल भइरहेको नतिजा हुदै गर्दा यता नेपाल सरकारले खोप भित्र्याउनका लागि विभिन्न खाल्का नितिगत तयारीमा जुटेको छ । गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि आपतकालीन प्रयोगका लागि जुनसुकै खोप र औषधि नेपालले कानूनी रुपमा ल्याउन पाउने भएको छ । छिमेकी मुलुक भारत, पाकिस्तान लगायतका देशले पनि खोप आयातको तयारी गरिसकेका छन् ।
नेपालमा विगतमा कोरोनाभाइसका गम्भीर बिरामीलाई दिइने रेम्डेसिभिर औषधि तत्काल प्रयोग गर्न कानुनीरुपमा समस्या थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलको रुपमा मात्र प्रयोग गर्न अनुमति पाइएको थियो ।
विश्वभरी कोरोना महामारीको उच्च जोखिम र संक्रमण फैलँदा नेपालमा पनि संक्रमितको संख्या २ लाख २० हजार नाघेको छ । मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय भन्दा बढी पुगेको छ । खोप निर्माण भएपनि नेपालसम्म आईपुग्न धेरै खाल्का चुनौती वेहोर्नुपर्र्ने जनस्वास्थ्यविद्हरुको आँकलन छ । यद्यपी सबैभन्दा वढि महत्वपुर्ण कुरा आर्थिक पाटो भएकाले सरकार बजेटको तयारीमा लाग्नुपर्ने जनस्वास्थ्यविज्ञ डा.वन्तले बताएका छन् ।
जनस्वास्थ्यविज्ञ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार ‘कोरोनाविरुद्धको खोप ल्याउन आर्थिक कोष निर्माण गरी प्राविधिक र संरचनागत विषयमा तयारी सुरु गर्नुपर्छ । खोप ल्याइएसकेपछि कहाँ र कसरी भण्डारण गर्ने, प्रदेश, स्थानीय तहसम्म कसरी पुु¥याउने भन्ने कुराहरुको ख्याल गर्न आवश्यक छ । खरिदपछि, संचित र आम नागरिकको विचमा पु¥याउने कुरा अधिक महत्त्वपूर्ण भएकाले यसको लागि राज्यको वृहत योजना बनाएर अघि बढ्नु पर्छ । अहिले सम्मको अनुमानले नेपालमा करिब २ करोडभन्दा बढीलाई कोरोनाविरुद्धको खोप चाहिन्छ । यो अनुमाानका आधारमा करिब ६० अर्बजति खर्च लाग्छ । यसका अतिरित्त विज्ञहरुको अनुमान र आँकलनका अनुसार नेपाल सरकारले अन्तर्राष्ट्रिय तहमा बहस, छलफल र पैरवी नगरेका कारण नेपालसम्म खोप ल्याईपु¥याउन चुनौती नै छ ।

प्रतिकृया दिनुहोस्