RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/२ गते
१२०७ पटक

हुम्ला समाचारदाता सिमकोट,माघ २ गते ।
दलित जातिको आयआर्जन तथा सीप विकासका लागि खर्च गरिनुपर्ने बजेट बृक्षरोपणका लागि खर्च गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ५ का ३६ दलित घरधुरिका लागि विनियोजित बजेट वृक्षरोपणमा खर्च गरिएको हो । यस वर्षको लक्षित वर्ग अन्तर्गत दलितका लागि विनियोजित बजेटबाट सिमकोट गाउँपालिका वडा नम्बर ५ को शिव मन्दिर क्षेत्रदेखि पिन्यारा सम्मको चार हेक्टर राष्ट्रिय वनमा वृक्षरोपण गरिएको सो वडाका वडाअध्यक्ष कृष्णबहादुर बोहोराले बताउनु भयो । पाखो क्षेत्रमा बिरुवा लगाएर वनको संरक्षण गर्न वृक्षरोपण गरिएको उहाँले बताउनु भयो । दुई खाल रुपैयाँ बजेटबाट सल्ला र पीपलका दुई हजार पाँच सय बोट वृक्षरोपण गरिएको उहाँले बताउनु भयो ।
साभारः गोरखापत्र

प्रतिकृया दिनुहोस्