RaraNews

प्रकाशित : २०७७/८/२ गते
१७९४ पटक

काठमाडौँ, मंसीर २ । एक पछि अर्काे गायनमा उक्लिैदै गरेकी उर्मिला लाम्गादेले ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । पछिल्लो समय अमेरिका बस्दै आउनु भएका गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल स्वरमा ‘माया हाम्रो बीचैमा साझा साझा छ, तिम्रो लागि जवानी ताजा ताजा छ…. गीत सार्वजनिक भएको हो ।
गायिका लाम्गादेले उक्त गीत हिन्दुहरुको महान दोस्रो चाड तिहारलाई लक्षित गरी लक्ष्मी पुजाको दिन पारेर अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गर्नुभएको थियो । आनन्द अधिकारीको शब्द र शिशिर सन्तोषको संगीत रहेको गीतमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीले ससक्त अभिनय गर्नुभएको छ । पछिल्लो समय अमेरिका बस्दै आउनु भएकी गायिका लाम्गादेको आधा दर्जन गीतहरु सार्वजनिक भईसकेको छ । उहाँले २ महिना अघि पनि लिन आउछु भन्थेउ बोलको गीत सार्वजनिक गर्नुभएको थियो ।

गायक बरालले गीत निक्कै राम्रो भएको प्रतिक्रिया दिनु भएको छ । गायक बरालले बिदेशमा बसेपनि गीत संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने बताउनु् भयो । आफु सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग पनि सांगितिक नयाँ कोसेली ल्याएको बरालको भनाई छ । गायिका लाम्गादेले पनि गीत आशा लाग्दो बनेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्