RaraNews

प्रकाशित : २०७७/७/१३ गते
२२६१ पटक

पत्रकार तथा अधिकारकर्मी गोपाल शिवाको कोरोना संक्रमणका कारण गत सोमबार निधन भएको छ ।उहाँको पारिवारिक स्रोतका अनुसार उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


हाम्रो संचार डट्कमको स्थापना कालदेखि नै प्रमुख भुमिकामा रहदै आएका उहाँले नेपाली दलितहरूको अधिकार र बैदेशिक श्रमिकहरुको सवालमा प्रवास र नेपालमा रहदा संचार माध्यम बाट निरन्तर खरो र आलोचनात्मक तरिकाले कलम चलाउने र बोल्ने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले समाचार लेखेकै कारण मुद्दा खेप्ने र प्रहरी चौकी धाउनु परेको थियो । उहाँ कुवेतमा रहदा पनि नेपाल पत्रकार महासंघ बैदेशिक सम्पर्क शाखा कुवेतको सह सचिव पदमा रहेर पनि काम गर्नु भएको थियो ।

त्यस्तै बिभिन्न संघसंस्थामा आवद्ध भएर काम गर्नु भएका शिवाको निधनले एक असल कलम चलाउने व्यक्ति र सामाजिक अभियान्ता गुमाएको भन्दै बिभिन्न संघसंस्थाहरुले दुख व्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस्