RaraNews

प्रकाशित : २०७७/६/१६ गते
१३१६ पटक

सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का विश्वकर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो ।

विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयुक्त) फुड मुभमेन्टमा पिएचडी गर्नु भएको छ। विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा १० वर्ष सदस्य रहेर काम गर्नु भएको थियो ।

पार्टी एकतापछि विभागले पूर्णता नपाएकाले आफू पार्टीको जिम्मेवारीमा नरहेको विश्वकर्माले बताउनु भयो । ५० वर्षीय विश्वकर्मा २०४२/०४३ सालतिर विद्यार्थी राजनीति सुरू गरेका उहाँ २०५१ सालमा पोखरास्थित केन्द्रीय वन क्याम्पसमा स्ववियु सचिव बन्नु भएको थियो । उहाँ राजदूत नियुक्त दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुनुहुने छ ।

मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।

प्रतिकृया दिनुहोस्