RaraNews

प्रकाशित : २०७७/६/१२ गते
७९६ पटक

कोभिड–१९ को महामारी न्यूनिकरणका लागि सामुहिक पहल र सहकार्यको खांचो रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।सरकारको एक्लो प्रयासबाट कोरोना न्यूनिकरण हुंन नसक्ने भन्दैं वक्ताहरुले त्यसको लागि सबैले सरकारलाई खवरदारी गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् ।


जागरण मिडिया सेन्टर,सिद्धार्थ सामुदायिक विकास केन्द्र,कपिलवस्तु र इन्द्रेणी ग्राविण विकास केन्द्र,कपिलवस्तुको संयुक्त आयोजनामा आज बुटवलमा आयोजित कोभिड–१९ को महामारी–मानवअधिकारको अवस्था–सम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोना नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका छन् । कार्यक्रममा बोल्दैं प्रदेश मामिला तथा कानून समितिकी सभापति दामा शर्माले जनतालाई कोरोनाको महामारीबाट बचाउंन प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दैं सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउंनुभयो । जनतालाई माग्ने गराउंने होइन,आत्मनिर्भर बनाउंनु पर्नेमा जोड दिंदैं उहांले मानवअधिकार हननका घट्ना कम गर्न सरकार लागि परेको दावी गर्नुभयो ।


संविधान सभा सदस्य विनोद पहाडीले सरकार कोरोनाका बारेमा गैर–जिम्मेबार ढंगले अगाडि बढिरहेको भन्दैं सरकार विहिनताको अवस्थामा मुलुक गुज्रेको टिप्पणी गर्नुभयो ।कोरोनाको महामारीमा सरकार कुर्सि जोगाउंने खेलमा लागेको दावी गदैं उहांले महामारीबाट जोगाउंन दबाब दिन सरकारलाई खवरदारी गर्नुपर्ने बताउंनुभयो । प्रदेश सभा सदस्य दिपा विश्वकर्माले जनतालाई अधिकार दिने ठाउंमा आफु नभएपनि सरकारलाई दबाब भने दिईरहेको बताउंनुभयो ।

अर्का प्रदेश सभा सदस्य पुष्पा चौधरीले कसैसंग सर–सल्लाह नगरी सरकार एक्लैं हिडिरहेको भन्दैं कोरोना नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउंनुभयो ।राष्ट्रिय मानवअधिकार आयोग प्रदेश ५ की निर्देशक सम्झना शर्माले कोरोनाले बालबालिका,गर्भवति,जेष्ठ नागरिक र शिक्षामा बढि प्रभावित पारेको भन्दैं तीनैं तहको सरकार त्यसलाई जोगाउंन लागि परेको बताउंनुभयो ।


मानवअधिकार एयरलायन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेलले कोरोनाले मानवअधिकार उल्लङघनका घट्ना बढेको बताउंदैं जताततैं छाएको निरासा कम गर्न सरकार लाग्न आग्रह गर्नुभयो ।जागरण मिडिया सेन्टरका निवर्तमान अध्यक्ष रेमबहादुर विश्वकर्माले सामुहिक प्रयासबाट मात्रैं कोरोना नियन्त्रण गर्न सकिने भन्दैं सरकारले त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
जागरण मिडिया सेन्टरकी नव–निर्वाचित अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता,रेडियो जागरणका स्टेशन म्यानेजर विनोद परियारको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका सचिव रोमाकान्त शर्मा,प्रदिप शाह,दलित अधिकारकर्मी हरिओम विश्वकर्मा,बाबुराम विश्वकर्मा,मनु खड्का,आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शंकर गाहा,इन्सेक,रुपन्देहीकी प्रतिनीधि रीमा विसी,अधिकारकर्मी रिता शेन लगायतले बोल्दैं कोरोना महामारीलाई न्यूनिकरण गर्न सरकारलाई साथ–सहयोग गदैं खवरदारी गर्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्