RaraNews

प्रकाशित : २०७७/६/९ गते
११३८ पटक


बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको बलात्कारपछि हत्या भएको हो । मृत भेटिएकी बालिकाको योनीबाट रगत बगेको र सुरुवाल खोलिएको थियो ।

घटनाको जानकारी पश्चात बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काको टोली घटनास्थल पुगेको थियो ।बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरिरको तल्लो भाग नग्न अवस्थामा फेला परेको बताईएको छ । घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने उनको भनाइ छ । हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।

यो घटनालाई लिएर बिभिन्न संघसंस्थाहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्