RaraNews

प्रकाशित : २०७७/५/२७ गते
९१२ पटक

नासो कम्युनिटी अमेरिकाको छैठौं अधिवेशन एवं साधारण सभा आगामी सेप्टेम्बर २७ मा भर्च्युअल (अनलाइन ) माध्यमबाट हुने भएको छ। कोभिड(१९ का कारण निश्चित स्थानमा भेला भएर अधिवेशन गर्न असम्भव भएकोले भर्च्युअल गर्न लागिएको हो।


जात व्यस्था बिरुद्ध तथा सबै प्रकारका विभेदका बिरुद्ध नेपाल र अमेरिकामा सामाजिक अभियानमा सक्रिय संस्थाको रुपमा नासो कम्युनिटी अमेरिका परिचित छ ।

अधिवेशन एवं साधारण सभालाई सफल बनाउन तयारी तिव्र रुपमा काम भैरहेको जनाईएको छ । यस अधिवेसनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्ने छ । अमेरिका, भर्जिनियाका समाजसेवी कृष्ण सोबको संयोजकत्वमा डीबी सागर बिश्वकर्मा र प्रकाश नेपाल सहितको ३ सदस्यीय निर्वाचन समिति बनाइएको अध्यक्ष गोपाल बिश्वकर्माले जानकारी दिनुभएको छ ।

कार्यक्रमको पहिलोसत्र उद्घघाटन सत्र र दोस्रो बन्दसत्र हुने भएको छ ।अमेरिकाभर छरिएर रहनु भएका नासोसंग सम्बद्ध सबैलाई अधिवेशन एवं साधारण सभामा सहभागी हुन संस्थाले अनुरोध गरेको छ । साथै नासोका शुभेच्छुकहरुलाई समेत यस अधिवेशनमा सहभागिताका लागि हार्दिक आव्हान पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्