RaraNews

प्रकाशित : २०७७/५/२७ गते
११८७ पटक

जागरण मिडिया सेन्टरको उत्पादन चर्चित टेलिसृङ्खला “दलन”मा काम गर्नुभएकी कलाकार तथा गायिका उर्मिला लाम्गादे “लिन आउँछु भन्थ्यौ” भन्ने बोलको नयाँ गीत लिएर आउनुभएको छ । बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको भएको हो ।

लाम्गादेकै स्वरमा रहेको गीतमा संगीत अर्जुन पोख्रेल र शव्द भने दिग्गज धौरालीको रहेको छ । लोक आधुनिक शैलीको गीतमा अहिलेकी चर्चित नायिका पुजा शर्मा र राज कटुवालको अभिनय रहेको छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् साथै अफिसियल मीडिया पार्टनर खसोखास र द न्यूयोर्क सिटी पोस्ट न्यूयोर्क रहेका छन ।


लोक आधुनिक शैलीको गीतको शव्द र संगित मन परेर आफुले गीत गाएको गायिका लाम्गादेले बताउनु भएको छ । गीतलाई दर्शक श्रोताले पनि मन पराउने उहाँको अपेक्षा रहेको छ ।

हाल अमेरिकामा बस्दै आएकी लाम्गादेले यस अघि रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाउनु भएको थियो । युट्युवमा सार्वजनिक भएको छोटो समयमै गीतले लोकप्रियता बटुलेको छ ।

प्रतिकृया दिनुहोस्