RaraNews

प्रकाशित : २०७७/५/१९ गते
१०४७ पटक

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिकाका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी सदालाई कुटपिट तथा जातिय छुवाछुतको घटनामा न्याय तथा अधिकार संस्था– नेपालले (जुरी–नेपाल)ध्यानआर्कष भएको जनाउदै सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत पीडितहरुलाई उचित क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न माग गरेको छ ।

गत साउन ५ गते दिन पानीको निकासका बारेमा विवाद हुँदा स्थानीय दिना साहको परिवारले कुटपिट गरि शसक्त घाईते बनाएको विषय सार्वजनिक भएको थियो । घाइतेहरुलाई उपचारका लागि गोल्डेन अस्पताल, विराटनगरमा उपचारका लागि लगिएकोमा पीडक दिना साहलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेतापनि अनुसन्धान प्रक्रिया अघि बढाई मुद्दा अगाडि बढाउनु पर्नेमा पीडकलाई साउन ३२ गते नै रिहा गरिएको अवस्था छ ।

अर्को तिर पीडितहरुको उपचारमा लागेको रकम रु १ लाख ३० हजार पीडकले समयमा नतिरिदिएका कारण पीडितहरु डेढ महिना देखि नै अस्पतालमा थुनिएर बस्नु परेको घटनाको ध्यानआर्कषण भएको बिज्ञप्ति माफर्त जनाईएको छ ।

२१ औं शताब्दीको वर्तमान तथाकथित आधुनिक समाजमा पनि दलित भएकै कारण उक्त घटना हुनु ज्यादै निन्दनीय र दुःखद् भएको भन्दै प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्यवाही र क्षतिपुर्तिको माग गरिएको छ ।

पीडितहरुलाई घाउचोटबाट भएको शारीरिक क्षति, मनोवैज्ञानिक क्षति, यस घटनाका कारण पीडितका ३ वटा छोराछोरीहरु भोकभोकै परिरहेकाले बालमनोविज्ञानमा परेको असर लगायतका समग्र अवस्थालाई मध्यनजर गरि क्षतिपूर्ति दिनु पर्ने विषय समेत समावेश गरि यथाशिघ्र यस घटनाको मुद्दा प्रक्रिया अगाडि बढाउनका लागि घटनाको सत्यतथ्य छानवीनका लागि पुनः ध्यानाकर्षण गराउन चाहन्छौं र यस किसिमका घटनाहरुको पुनरावृत्ति हुन समेत नदिनका लागि अनुरोध गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्