RaraNews

प्रकाशित : २०७७/५/१३ गते
१२११ पटक

रौतहट गरुडा नगरपालिकाका विजय रामको प्रहरी कार्यालय हिरासतमा कुटपिट गरी हत्या गरिएको घटनाको सर्वत्र बिरोध भएको छ । अहिले मृतक विजय रामको गृह जिल्लामा बिरोध जुलुस निकालिएको छ । त्यस्तै बिभिन्न दलित संघसस्था ,दलित आन्दोलनकर्मीहरुले पसिन घटनाको घोर भत्ससना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।

यससैबिच दलित आन्दोलनका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै रौतहट घटना संगै देशका बिभिन्न स्थानमा भएका सृङ्खलाबद्ध भएका घटनाहरु रोक्न र न्यायका लागि ठोस पहल गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ भनिएको छ ।

दलित आन्दोलनको तर्फबाट जारी प्रेस विज्ञप्ति

मिति २०७७।५।११
रौतहट हत्याकाण्ड विरुद्धमा दलित आन्दोलनका तर्फबाट जारी
प्रेस विज्ञप्ति

पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहार विरुद्ध सदन देखि सडक सम्म चौतर्फि बिरोध भएको छ । मंगलबार प्रतिनिधि सभामा दलित प्रतिनिधिहरुले गृहमन्त्री राम बहादुर थापा समक्ष रुकुम घटनाको घोर आपत्ति जनाउदै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेका थिए ।

रौतहट जिल्लाको गरुडा नगरपालिका निवासी विजय रामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा कुटपिट गरी हत्या गरिएको घटनाले सम्पूर्ण दलित समुदायलाई स्तब्ध बनाएको छ । यस प्रकारको गैरन्यायिक हत्याको दलित आन्दोलनका तर्फबाट घोर भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दछौ ।


घटना विवरण अनुसार मिति २०७७ साउन ३२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका(८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको हत्याको घटनामा संलग्न रहेको आशंकामा किटानी जाहेरी नै नपरेका स्थानीय विजय रामलाई इलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएको थियो । हिरासतमा लिइएका विजय रामलाई अपराध स्वीकार गर्न दबाब दिदै मरणासन्न हुने गरी कुटपिट गरेको, करेन्ट समेत लगाएर यातना दिइएको र दिसा पिसाबबाट रगत आउन थालेपछि उपचारको लागि स्थानीय हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको र उपचारको क्रममा विजय रामको मृत्यु भएको छ । प्रहरीले उपचारको क्रममा मृतकका आफन्त तथा अन्य कसैलाई पनि जानकारी नगराएको र भेटघाट समेत गर्न नदिइएको परिवारको भनाई छ ।


गत साउन ३२ गते घाटी रेटेर हत्या गरिएको शंकाष्पद अवस्थामा लाश भेटिएका निरन्जन रामका आफन्तहरुले किटानी जाहेरी दिदा प्रहरीले लिन नमानेको र उल्टै किटानी जाहेरी दिन गएका केही दलित अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिई धम्की समेत दिएको थियो । स्थानीयहरुको ठूलो दवावपछि किटानी जाहेरी लिन वाध्य भएको प्रहरीले सो दबावपछि हत्याको आरोपमा निरन्जनका आफन्त समेत रहेका विजय राम सहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन उल्टै निरञ्जनका आफन्त पर्ने विजयलाई पक्राउ गरी प्रहरीले चरम यातना दिएको स्थानीयको आरोप छ ।


यसरी शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी जस्तो जिम्मेवार निकायबाट भएको यसखाले लापारवाही र गैरजिम्मेवारपूर्ण मानवअधिकार हनन्को घट्नाको घोर निन्दा गर्दै रौतहट हत्याकाण्डकोे सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर्न, गैरजिम्मेवार प्रहरीलाई वर्खास्त गर्न, पीडित परिवारको सुरक्षा गर्दै उचित क्षतिपूर्ति दिन सम्बन्धित निकाय समक्ष हामी दलित आन्दोलनका तर्फबाट जोडदार माग गर्दछौं । यस अगाडि धनुषाका शम्भु सदा र सिन्धुपाल्चोकका चन्द्रबहादुर मग्रातीको पनि प्रहरी हिरासतमा शंकाष्पद मृत्यू भएको परिवेशमा हिरासतमा मृत्यू हुने सिलशिला रोक्न, रुकुम नरसंहार लगायत देशभर दलित समुदायमाथि भइरहेका हत्या हिंसाका घटनाहरु रोक्न र न्यायका लागि ठोस पहल गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दै दलित मानवअधिकार संरक्षणका लागि आम जनसमुदायमा हार्दिक अपिल समेत गर्दछौ ।

दलित आन्दोलनका तर्फबाट
१. जितु गौतम, २. जीवन परियार, ३. गणेश विके, ४. राजकुमार हिंगमाङ, ५. भक्त विश्वकर्मा,
६. रेम विश्वकर्मा, ७. प्रदीप परियार, ८. जेवी विश्वकर्मा, ९. सुशील विके, लेखक, १०.दीपक सोनी,
११. गौरा नेपाली, १२. पम्फा परियार,१३. दीपा नेपाली,१४. प्रेम विश्वकर्मा, १५, सजना सुनार

त्यस्तै दलित मानवअधिकार संरक्षणका लागि आम जनसमुदायमा हार्दिक अपिल समेत गर्दछौ । विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्मा द्धारा जारी बिज्ञप्तिमा कानुन कार्यान्वयन गर्ने राज्यको संरचनाबाटै भएको यस किसिमको जघन्य अपराधको घोर निन्दा गर्दै यस घटनाले व्यक्तिको बाँच्न पाउने मानवअधिकारको ठाडो उल्लंघन भएको जनाईएको छ ।

दलित गैरसरकारी संस्था महासंघ द्धारा जारी विज्ञप्ति:

दलित गैर सरकारी संस्था महासंघ (Dalit NGO Federation (DNF)
Chakupat-22, Lalitpur, Phone: 5261912, website: www.dnfnepal.org, email:[email protected]

मिति २०७७।५।११

प्रहरीको कुटाईबाट विजय रामको हत्याविरुद्ध जारी
प्रेस विज्ञप्ति

रौटहट जिल्लाको इलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा पक्राउ गरी हिरासतमा लिइएका सोही नगरपालिकाका स्थानीय विजय रामको प्रहरीको कुटपिटबाट मृत्यु भएको घटनाको दलित गैर सरकारी संस्था महासंघ घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछ । साथै कानुन कार्यान्वयन गर्ने राज्यको संरचनाबाटै भएको यस किसिमको जघन्य अपराधको घोर निन्दा गर्दै यस घटनाले व्यक्तिको बाँच्न पाउने मानवअधिकारको ठाडो उल्लंघन भएको, कानुन कार्यान्वयन गर्ने निकायबाटै दण्डहीनताले प्रश्रय पाई मानवअधिकारलाई ठाडो चुनौती दिएको ठहर महासंघले गरेको छ ।

घटना विवरण अनुसार मिति २०७७ साउन ३१ गते रौटहट जिल्लाको गरुडा नगरपालिका ८ जिगडियामा रहको सच फलफुल नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको हत्याको घटनामा आशंकाको आधारमा स्थानीय विजय रामलाई इलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएको थियो । हिरासतमा लिइएका विजय रामलाई अपराध स्वीकार गर्न दबाब दिदै मरणासन्न हुने गरी कुटपिट गर्दा उनको मृर्गौलामा क्षति पुगेको थियो । पीडितले त्यहाँका दलित अधिकारकर्मीलाई दिइएको जानकारी अनुसार प्रहरीले करेन्ट लगाएर याताना दिएकोले उनको मृर्गौलामा असर पुगेको पाइन्छ । प्रहरीको कुटाईबाट घाइते विजयलाई सोही जिल्लाको नेशनल मेडिकल
कलेजमा उपचार भइरहको थियो । उनको मिति २०७७ साउन ११ गते मृत्यु भएको छ । उपचारका
क्रममा प्रहरीले पीडितका परिवार र दलित अधिकारकर्मीलाई समेत भेट्न दिएको थिएन ।

आशंकाकै भरमा समातिएका विजयलाई राज्यको कानुन कार्यान्वयन गर्ने निकायबाट मारिएका छन् । यस्ता घटनाहरुले शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरी प्रशासनप्रति आम जनमानसमा घृणा र वितृष्णा पैदा गराउने दाबी महासंघले गरेको छ । यस घटनाले कुनै पनि व्यक्तिलाई अनुसन्धानका लागि सुरक्षा निकायमा ल्याईसकेपछि उसको जीवनको सुरक्षाको दायित्व राज्यले गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई समेत चुनौती दिएको छ ।

तसर्थ, दलित गैर सरकारी संस्था महासंघ प्रहरी हिरासतमा रह विजय रामको हत्यामा संलग्न प्रहरीहरुलाई तत्काल प्रहरी सेवाबाट निलम्बन गरी कडा भन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिन र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ । अन्यथा यस्ता घटनाले कानुन कार्यान्वयन गर्ने निकायबाट दण्डहिनताले प्रश्रय पाइरहेको सन्देश समाजमा जाने र यसले नेपाली समाजलाई दुरगामी दुर्घटनातर्फ निम्त्याउने हुँदा यस्ता गतिविधिहरु तत्काल रोक्नका लागि पहल गर्नसमेत दलित गैर सरकारी संस्था महासंघ सरकारसंग हार्दिक अपिल गर्दछ ।

भक्त विश्वकर्मा
का.बा. अध्यक्ष

प्रतिकृया दिनुहोस्