RaraNews

प्रकाशित : २०७७/४/२३ गते
११५२ पटक

बन्दाबन्दी खुलेसंगै कोरोना संक्रमितको दर पनि बढेको छ । त्यस्तै मृत्युहुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । तर सर्वसाधारण हेलचेक्राई बढेको छ भनेर बिभिन्न खालका टिप्पणी भैरहेका छन । प्रदेश नं. २ सहित काठमाडौ उपत्यकामा दिनप्रति दिन कोरोना संक्रमीत बढिरहेका छन । कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको तयारी के छ त ? हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह –प्रवक्ता डा.समिर अधिकारीसंग कुराकानी गरेका छौ ।

कोरोना संक्रमितहरुको संख्या कम हुदा बन्दाबन्दी भयो ,अहिले कोरोना संक्रमितको संख्या बद्धि भएको छ तर बन्दाबन्दी खुल्यो, के पहिला गरेको बन्दाबन्दीले कोरोना नियन्त्रणमा काम ग¥यो त ? कसरी समिक्षा गर्नु हुन्छ ?

पहिला गरेको वन्दावन्दिले काम नगरेको भए नेपालमा कोरोना संक्रमणको संख्या हजारमा हुने होईन लाखौंमा हुने थियो । कोरोना जोखिमको दर शुन्य भएर सरकारकारले वन्दावन्दि खोलेको होईन । जनस्वास्थ्यको हिसाबले स्वास्थ्यका कुराहरु व्यक्तिहरुबाट पालना गर्ने गराउने अपेक्षा सहित जनजिवन सजिलो बनाउने तरिकाले वन्दावन्दि खालिएको हो तर व्यबहारमा कोरोना हुदैन भन्ने जस्तो आश जनसमुदायको सोच हुदै गएपछि पछिल्लो समय संक्रमण अझै बढ्दै गइको छ ।

अहिले कतिपय ठाउंमा कफ्र्यु नै लगाउनु पर्ने स्थिती आएको छ । कतै फेरि वन्दावन्दि गर्नु पर्ने अबस्था त आउदैन् ?
हामीले जनस्वास्थ्यका मापदण्डहरु जति पनि भनेका छौ त्यो अनुशार पालना गराउन सकिने भएन ,संक्रकण बढ्दै जाने भयो भने हामी संग लकडाउन गर्नु बाहेक अरु उपाय केहि हुदैन । वन्दावन्दि गरिरहदा मजदुरी गरेर खाने वर्गहरु, अत्यावश्यक काममा जानु पर्ने व्यक्तिहरुलाई अलि बढी कठिनाई हुन्छ । त्यस्तो अबस्था नहोस भनेर बारम्बार हामीले कोरोनाबाट कसरी बच्ने,यसले कस्ता व्यक्तिलाई जोखिममा पार्छ भन्ने कुराहरु सञ्चार माध्यमबाट भनिरहेका छौं ।


वन्दावन्दि बेलामा पनि मजदुरहरु तल्लो वर्ग नै छन् , उनिहरुलाई अप्ठ्यारो प¥यो भनेर नै वन्दावन्दि खुलाउनु प¥र्याे भन्नु भो तर वन्दावन्दि खेले पनि उनिहरुनै बढी जोखिममा छन । त्यता तिर कत्तिको ध्यान पु¥र्याउनु भएको छ ?

वन्दावन्दि भन्दा पहिला जसरी सार्वजनिक यातायात चल्थ्यो त्यसरी चलाउन दिएका छैनौ । सार्वजनिक यातायात भित्र भौतिक दुरी कायम गर्ने ,व्यक्तिगत सरसफाई गर्ने , माक्स र सेनिटाइजर प्रयोग गर्ने जस्ता कुराहरुलाई बिशेष ख्याल गर्ने गरेका छौं । नियमको पालना गर्न अनुरोध गरेका छौं ।काममा नगए घरमा चुलो चौको नबोल्ने,पैसा हुनेहरुपनि बजार सम्म पुगेर सामान किन्नु पर्ने हुदां त्यस्ता व्यक्तिहरु बजार जादां वा काममा बाहिर निस्कदा बिशेष ध्यान दिनु पर्छ । हाम्रा व्यबहारले नै कोरोना नियन्त्रण गर्न सकिन्छ भने जोखिमबाट जोगिनु पर्दछ । सके सम्म हिडेर अफिस जाने ,काममा जाने भिडभाड हुने ठाउंहरुमा सकेसम्म नजान अनुरोध गछौं ।


यहाँहरुले सार्वजनिक यातायात सञ्चालनका लागि निश्चित मापदण्डहरु बनाउनु भएको थियो तर खासै लागु भएको पाईदैन नी ?


त्यसरी लागु नहुनु भन्ने दुखद पक्ष हो । सरकारी तवरबाट शुरक्षाकर्मी,जनप्रतिनिधी, व्यबसायीहरुले पालना गर्ने गराउने उपायहरु गरिरहेका हुन्छौं ।त्यसको निगरानी पनि बढाईरहेका छौं ।

पछिल्लो समय सिमावर्ती क्षेत्रमा कोरोना बढी फैलिएको छ ,त्यस्तै ठुलो सख्यामा प्रहरीहरुमा पनि संक्रमण देखिएकोछ , उपत्यकामा पनि दिनानु दिन संक्रमणको दर फैलिरहेको छ ।नियन्त्रण तथा रोकथामको तयारी के छ ?

हामीले सार्वजनिक यातायात वा त्यस्ता ठाउं बाट आउने जाने व्यक्तिहरुलाई सके सम्म बन्द गर्ने ,होईन भने उहांहरुलाई अलि व्यबस्थित तरिकाले ल्याउने,राख्ने, काम गर्ने गराउने कुरामा ध्यान दिनुपर्ने अबस्थामा पुगेका छौं ।त्यसै अनुशार गर्न गराउन हामी पहल गरेका छौं । काठमाण्डौं उपत्यकामा हिड्ने सवारीसाधनहरुलाई रातको समयमा हिड्न रोक लगाईसकेका छौं । लुकीछिपी आउने बाटोहरुलाई निरुत्साहान गर्ने गराउने गरेका छौ ।औपचारिकरुपमा राम्रै बाटो आईदिने हो भने त्यहां हाम्रो स्वास्थ्य निगरानी शाखा छ ,त्यहा हाम्रो रेकर्ड देखिन्छ, अभिलेख राखेका छौं । यसरी आउने कुरालाई व्यबस्थित बनाउने क्रमलाई तिब्र बनाएका छौ । सरकारले आउनका लागि भनेका तरिकाहरु पालना गर्न सबैलाई के अनुरोध गरेका छौ ।


कोरोना नियन्त्रण र रोकथाममा सरकारका कामबारे प्रश्न उठाउदै केहि युवाहरुले भोक हड्ताल गरेका छन् ,यसलाई कसरी लिनु भएको छ ?


—उहांहरुसग सरकारले धेरै चरणको वार्तागरेर निस्कर्षमा पुगेर उहांहरुले उठाउनु भएका बिषयहरुलाई सरकारले सम्बोधन गर्ने काम गरिसकेको छ । सरकारसंग अपेक्षा हुनु यो स्वभाविक पक्ष हो । तर स्रोत ,साधन र समयलाई पनि ख्याल गर्नु पर्छ । विश्व नै कोरोना महामारीले तड्पीरहेको अबस्था छ । आर्थिक मन्दि छ त्यसैले हामीले जति सक्दो त्यो स्रोत साधनलाई प्रयोग गरि जनाताका अपेक्षाहरु पुरा गर्न तर्फ लागि परेका छौ ।


खास गरेर यहांहरुले विभिन्न क्षेत्रका कामहरु सुचारु गराउन निश्चित मापदण्ड पनि तोक्नु भयो तर तल्लो वर्ग सम्म लैजानुभएको पाईदैन नी, किन होला ?


सरकारको काम मापदण्ड बनाएर उम्किने पक्कै होईन , कार्यान्वयनको अबस्था के छ, कसरी गर्ने भन्ने खालका कुराहरु सरकारका तर्फबाट गर्नु पर्छ किनभने हामीले गरिरहेका छौ तर पछिल्लो समय हेर्ने हो भने होटल व्यबसायहरुको भौतिक दुरी कायम नभएको, भिडभाड भएको बिषयहरुलाई लिएर होटल, खाजाघर सञ्चालन गर्दा व्युनतम मापदण्ड अनुशार पालना गर्न सकिदैन भने अहिले तत्काललाई व्यबसायहरु बन्द गर्ने उपायहरु गर्नु पर्छ भनि निर्णय गरेर कार्यान्वयनका लागि अगाडि बढाएका छौ । यो कठिन घडिमा सरकारले मात्रै गर्न सकेन भनेर वस्ने वेला होईन यो व्यक्ति ,समाज सबैले संक्रमण बाट बच्न विभिन्न उपायहरु अपनाउनु पर्छ ।अत्यावश्यक बाहेक घर बाहिर ननिस्कौं , सरसफाईमा बिशेष ध्यान दिउं,यसको कुनै खोप वा औषधी नभएकाले नायरिक पनि जिम्वबेवार भएर कारोना नियन्त्रणमा ध्यान दिन वरुरी छ ।कोरोना विरुद्धको लडाईमा हाम िसबै हातेमालो गरि यो कठिन परिस्थीतिको सामना गरौं ।

प्रतिकृया दिनुहोस्