RaraNews

प्रकाशित : २०७७/४/२३ गते
८३९ पटक

सुरुवाती चरणमा कोराना संक्रमण अत्याधिक भएपनि बिचमा निकै घटेको थियो तर अहिले फेरि संक्रमणको दर ह्वात्तै बढेको छ । आर्थीक मन्दि र मानसिक रुपमा तिव्र विचलन आए पछि जनजिवन सामान्य होस भनेर लकडाउन खोल्नुका साथै सावधानीका लागि निर्देशनहरु पनि दिएका थियौं तर ति सावधानीमा अलिकति हेलचेक्राई भयो,भिडभाड बढ्नालें जाखिम बढ्यो ।खुला सिमाका कारण लुकिछिपी मान्छेहरु आ आफ्नो घर तिर आउने ,जो कमजोर छ,कुपोषित छ ,कुष्टरोगी र दिर्घरोगीहरुलाई कोरोनाको लक्षणहरु देखा परेको छ । अन्य प्रदेशको तुलनामा प्रदेश न २ मा अलि बढि कोरोना संक्रमण देखिएको छ ।


बिरगञ्ज,राजविराज,जनकपुर लगाएतका क्षेत्रमा फेरि लकडाउनको घोषणा गरिएको छ । लकडाउन गर्नुको कारण भनेको मानिसहरु भौतिक दुरी कायम गरि जहां छन त्यहि बस्न सकुन भनि हो । बिचमा लकडाउन खुलिसकेपछि मान्छेहरुमा कोरोना संक्रमण हटिसक्यो भन्ने सोचका कारण संक्रमण फैलिएको हो ।कोरोना नियन्त्रण गर्ने उपायहरु जनस्तरबाबट अवलम्बन गर्नु पर्ने हो त्यसमा अलि खुकुलोपन आयो । लकडाउन खुल्दाको समयमा कोरोना केश पनि घट्दै गएको थियो । क्वारेन्टीनहरुको संख्या र त्यहां बस्ने मानिसहरु पनि कम थिए ।पछिल्लो केहि दिनमा मानिसहरुले सावधानीका उपायहरु नअपनाउदां संक्रमितको संख्या बढेको हो । समुदाय स्तरमा कोरोना अझै गएको त छैन् तर जान्छ कि अथवा जाने अबस्थामा छ कि भनेर भनि त्यसको नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न उपायहरु अपनाईरहेको छ ।कोरोना समुदाय स्तर सम्म फैलन नदिन तिब्र अनुगमन गर्ने ,क्वारेन्टिन र आईसुलेसनमा बसेकाहरुका लागि अनिवार्य स्वास्थ्य परिक्षण गर्ने र परिक्षणका लागि पठाउने ,समुदायमा पनि परिक्षणको दायरा बढाउने भनेको हुनाले आमीले प्रदेशमा ल्याब,क्वारेन्टीन, आईसुलेसनहरु को क्षमाता बृद्धि कसरी गर्न सकिन्छ भनि प्रदेश सरकार लागि परेको छ ।

हामी यसैको छलफलमा केन्द्रित रहेका छौं । आत्तिनु पर्ने,डराएर मानसिक विचलनमा आउनु पर्ने भन्ने छैन् । प्राय युवा समानका मान्छे हरुमा यो रोगको संक्रमण भएका छन् ।
हामीले प्रदेश न २ तथ्याङ्क हेर्दा ११ देखि ६० बर्ष मुनिका मान्छेहरु ९७% मानिसहरु मा कोरोनाको जोखिम रहेको छ भने ११ बर्ष भन्दा मुनि र ६० बर्ष भन्दा माथीका जम्मा ३ % मानिसहरुमा भने कोरोना जोखिम कम देखिएको छ ।यतिबेला कोरोना संक्रमणको लक्षण बढी देखिनेमा आर्थिक रुपमा कमजोर र पछाडि परेका समुदायमा छन् ।जो जीविको पार्जनका लागि जो बाहिर गएर काम गरेर फर्किएका छन् ,उनिहरुमा नै बढी छ ।कोभिड १९ बाट सबै भन्दा बढी गरिब परिवार र यवा वर्ग प्रभावित रहेका छन् ।मानिसहरु लुकिछिपि घरमा बस्ने परिपाटी अन्त्य हुन जरुरी छ । क्वारेन्टीनहरु लाई निरन्तर अनुगमन गरिरहेका छौं । समुदायमा कसले कसलाई सारेको हो भनि हामी भन्न सक्ने अबस्था मा छौ । त्यसैले अहिले कोरोना समुदाय स्तरमा पुगेका छैन तर पुग्न सक्ने जाखिम मा छौं ।त्यसको नियन्त्रण र समुदायमा फैलिन नदिन हामी निरन्तर लागि परेका छौ ।

यो कुनै एउटा व्यक्ति र निकाय को समस्या होईन,यो पुरै समुदाय र मानबताको समस्या हो । त्यस कारणले सबै लाग्नु पर्छ । प्रदेशका जहां जहां लकडाउन भएको छ त्यहां पुर्ण पालना सबैले गरौं ।कोरोनाको कुनै औषधी,खोप नभएकाले यसबाट बच्न लकडाउन नै राम्रो उपाय हो ।कारोना संक्रमणबाट जोगिन निरन्तर २० सेकेन्ड सम्म साबुन पानीले हात धुने,सेनिटाइजर प्रयोग गर्ने,माक्स लगाउने, नाङ्गो हातले अनाबश्यक नाक तथा आखां नछुने,सामाजिक दुरी कायम गर्ने,बढी भिड भाड हुने ठाउंमा सकेसम्म नजाने हो भने धेरै मात्रामा जोगिन सकिन्छ । कोराना बाट आफु पनि बचौं अरुलाई पनि बचाऔं ।कोरोना बिरुद्धको यो अभियानमा व्यक्ति ,परिवार,समाज र सारा राष्ट्र एक भै सरकार र स्वास्थ्य मन्त्रालयको निर्देशनको पालना गर्ने हो भने कोरोना जाखिम कम गर्न सकिन्छ ।

यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रबक्ता डा.अनुप बास्तोलाले पनि सर्वसाधारणले हेलचेक्राई गर्दा कोरोना संक्रमणको दर फैलिएको बताउनु छ । सर्वसाधारणले हेलचेक्राई गर्दा कोरोना संक्रमणको दर फैलिएको बताउनु भएको छ । कोरोना संक्रमण घट्यो,अब फैलिदैन भन्ने जस्ता भ्रमले यतिबेला प्रदेश न २ र तराईका जिल्लाहरुमा फ्याट्टफुट्ट समुदायमा संक्रमण फैलिएको हो कि भन्ने आशंका गर्न सकिन्छ भने पहाडि जिल्लाहरुमा लकडाउनलाई खुकुलो बनाएको अबस्थामा खुला सिमा भएका कारण भारतबाट आउने मानिसहरु अव्यबस्थीत भएरबसेका कारण उनिहरुको सम्पर्कमा आउने मानिसहरुमा देखिएको अबस्था छ ।

बाहिरबाट आउने व्यक्ति व्यबस्थित भएर नबस्ने र यहां रहेकाहरु ले हिडडुल गर्दा हेलचेक्राई गरिदिदा संक्रमण जाखिम बढ्नुको मुख्य कारण हो । त्यसैले जो जहां छौं त्यही व्यबस्थित हुनुको बिकल्प छैन् । जुन ठाउ.मा संक्रमण बढेको हो त्यहां लकडाउन गरेर संक्रमितहरु पत्ता लगाउने , संक्रमितहरुको उपचार गर्ने, क्वारेन्टीन र आईशुलेसनमा राख्ने बिधीहरुलाई प्राथमिकतामा राखिएन भने भोलीका दिनमा विकराल हुने सम्भाबना रहन्छ ।समुदाय स्तरमा कोराना देखिएपछि त्यहां रहेका व्यक्तिहरु खोक्ने बित्तिकै अस्पताल जाने भएकाले शुरुमै पहिचान भएकाले लक्षणयुक्त देखिएका हुन् । लक्षण पहिला पनि देखिएका थियो, अहिले पनि छ र भोली पनि देखिने छ । ति क्षेत्रमा अझै सर्भिलेन्सका पाटाहरुलाई अध्ययन गर्ने,पहिचान गरेर आइशुलेसन गर्ने कामलाई गम्भिर भएर निरन्तर लाग्नु पर्छ ।


यदि गम्भिर भएर यसलाई लिएनौ भने र लकडाउन खुकुलो बनायौं भने त्यो क्षेत्रमा कोरोना संक्रमणले महामारीको रुप लिन सक्ने सम्भावना छ ।पहिले संक्रमित भेटिन्थे भने अहिले मृत्यु भएको भेटाउछौं ।दिर्घरोगीहरुलाई संक्रमण भएको पाइएको छ । पहिले तराईका सिमा नाका जिल्लाहरुमा कोरोना जोखिम थियो भने अहिले राजधानी र पहाडका जिल्लाहरुमा बिस्तारै फैलिएको छ । जोखिममा रहेका व्यक्ति र समुदायहरुको परिक्षण गर्नाले अब जताततै परिक्षण कार्य बढ्दै जानेछन् ।संक्रमणलाई समुदाय सम्म पुग्न नदिन आजै बाट सचेत र सजक बन्नु पर्छ ।

कोराना रोकथाम र नियन्त्रणका लागि सरकारले मात्र होइन आम नागरिकले अनुशासित र कर्तव्य निष्ठ भएर सावधानीका उपायहरु अपनाउनु पर्छ ।आज अरुको परिवारमा भएको संक्रमणको जोखिम भोली हाम्रो परिवारमा नहोला भन्न सकिदैन त्यसैेले संक्रमणको जोखिमबाट बच्न आजैबाट पुर्ण सर्तकता अपनाऔं र सरकारका रणनीतिमा पुर्ण साथ दिन जरुरी छ ।


(डा.बिजय कुमार झा प्रवक्ता सामाजिक विकास मन्त्रालय प्रदेश नं.दुई र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रबक्ता डा.अनुप बास्तोलासंग गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्