RaraNews

प्रकाशित : २०७७/४/१६ गते
१०६२ पटक

जागरण मिडिया सेन्टरले खोजमूलक रिपोर्टिङ फेलोसिप २०२० को लागि आवेदन खुल्ला गरेको छ । दलित तथा सीमान्तकृत समुदायमा कोभिड १९ (कोरोना भाइरस) ले पारेको असरबारे खोजमूलक समाचार, फिचर वा रिर्पोट तयार पारी प्रकाशित गर्ने पत्रकारका लागि यो आवेदन खुल्ला गरिएको हो । फेलोसिप काठमाडौ,भक्तपुर,ललितपुर र प्रदेश नम्बर पाँचमा रहेर पत्रकारीता गर्दै आएका पत्रकारहरुका लागि प्रदान गरिने छ । फेलोसिप पाउनका लागि जातीय विभेद तथा छुवाछुत, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यवसाय, महिला माथि हुने हिंसा, कृषि, दैनिक ज्यालादारी मजदुरको अवस्थामध्ये कुनै एउटा विषयमा कम्तीमा १ हजार ५ सय शब्दको खोजमूलक सामग्री तयार गरेर प्रकाशित गर्नु पर्ने जागरण मिडिया सेन्टरले जनाएको छ । आवेदनपछि छनोट भएका पाँच जनालाई फेलोसिपबापत ८ हजार ५ सय रुपैंया प्रदान गर्ने संस्थाले घोषणा गरेको छ । आवेदन दिँदा विषयवस्तु, रिपोर्टिङ योजना, सूचनाका स्रोतहरुको स्पष्टता र सम्भावित प्रभावबारे लेखेर साउन २५ गतेभित्र पठाइ सक्नु पर्नेछ ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्