RaraNews

प्रकाशित : २०७७/४/१५ गते
१२६७ पटक

चितवनको माडी नगरपालीका वडा नं.९ कुसुमखोला स्थित चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले मध्य वर्षा र महामारीको बेदामा दुई घरमा आगो र ८ घरमा हात्ती लगाएर चेपाङ सुमदायलाई बिस्तापित गराउने कार्य मानव अधिकार बिरुद्धको अपराधीक घटना भएको भनेर बिभिन्न खालका टिकाटिप्णी भैरहेको छ । चेपाङ समुदाय धादिङ्ग,मकवानपुर तनहु लगायतका बिभिन्न जिल्लाबाट झरेर २०५३ साल देखि बस्दै आएका थिए । तर यस्तो विपत,महामारीको बेला घरबार बिहिन हुनुपरेको छ । जनताको नजिकको सरकार स्थानिय तहले यस घटनालाई कसरी लिएको छ र चेपाङ समुदायको समस्याको लागि के पहल गर्दैछ त भनेर माडि नगरपालीकाका प्रमुख ठाकुर प्रसाद ढकालसंग कुराकानी गरेका छौ ।

मध्य वर्षा र कोरोना महामारीको बेलामा चेपाङ बस्ती बिस्तापित गर्ने काम भए छ यहाँहरुलाई पुर्व जानकारी अथवा समन्वय भएको थियो कि थिएन ?

नगरपालिका र राष्ट्रिय निकुञ्ज बिच समन्वय र छलफल भएको चुरे क्षेत्रमा चेपाङ समुदायले ४०० बिघा जति जमिन अतिक्रमण गरि बसेको र त्यस क्षेत्रमा त्यस क्षेत्रमा हजारौ सालका रुखहरु भएकाले उहँंहरुलाई त्यहांबाट हटाउनु पर्छ भन्ने कुराकानी भएको हो । अर्काे तिर चुरेको सबै भन्दा कमजोर भागमा भएकाले पनि भोलि त्यो क्षेत्र क्षयीकरण भयो भने माडीको उत्तरी भुभाग सबै बगर बन्ने हुंदा पनि सबै भन्दा बढि जोखिममा उहाँहरु भएको कारण र निकुञ्जको जग्गा भएकाले नाम सारी नहुने भएकाले उहांहरुलाई कुन कुन ठाउंमा कसरी हुन्छ स्थानान्तर गर्नु पर्छ भन्ने सामान्य छलफल भएको थियो तर अहिले नै उहाँहरुलाई एक्कासी घरबाट लखेट्ने ,आगलागि गर्ने जस्ता घटनाहरुको बारेमा हामीलाई कुनै जानकारी थिएन । बस्तिमा आगो लगाउने र उहाँहरुलाई त्यहांबाट उठाउने भन्ने कुरामा हामी संग कुनै समन्वय भएको छैन् , मैले त घटना घटको अर्को दिन सामाजिक सञ्जाल हेरे पश्चात थाहा पाएको हो । हामीले छलफल गरेर त्यो समुदाएलाई तल कसरी सार्ने,त्यता व्यबस्थापन कसरी गर्न सकिन्छ हामी छलफलमै छौ,अनि मात्र बस्ति हटाउन सकिन्छ भनि राष्ट्रिय निकुञ्ज संग भनेका थियौ तर त्यसो हुन सकेन् । किन उहांहरु त्यहाँ गएर त्यो खालको हर्कत गर्नु भो त्यसको बारेमा हामी अनविज्ञ नै छौ ।


यो अप्ठारो परिस्थितीमा उहांहरुको कसरी व्यबस्थापन गर्नुभएको छ ?


उहाँहरु अहिले त्यहि भएका गोठ हरु प्रयोग गरेर बस्नुभएको छ । खानका लागि बिभिन्नसंघसंस्थाबाट पनि सहयोग भैरहेको छ ।


पटक पटक चेपाङ समुदायको घरबास उठाउने तथा आगजनी गर्ने गतिबिधि भएकै रहेछ यहाँहरु त स्थानिय सरकार ती समुदायलाई सुरक्षित ठाउँमा राख्न जिम्मेबारी तपाईहरुको पनि हुनु पर्ने होइन र ?


नगरपालिकाको तर्फबाट हामीले चेपाङ नमुना बस्ति बनाउने योजनामा छौं । दुई कोठे घर, खानेपानी ,शौचालय सहितको घर निर्माणको काम शुरु गर्ने भनेको पानीका कारण शुरु गर्न सकेका छैनौ । तर हामीले सार्वजनिक रुपमै के भनेका छौं भने एक महिना भित्र भवन निमार्णको काम सकेर उहाँहरुलाई नयाँ घरमा सार्ने छौं ।चेपाङ नमुना बस्तिमा सामुहिक कृषि ,पशुपालन लगाएत हरेक क्रियाकलाप सामुहिक रुपमा हुने छ । सामुहिक मोडेलमा काम गर्ने हाम्रो योजना र उद्देश्य रहेकाले पनि हामी त्यहि मोडेल अनुसार काम गर्न लागि परेका छौ । अबको दुई बर्ष पछि चेपाङ नमुना बस्तिका मानिसहरुमा नयाँ सोच का साथै नयाँ प्रगति देख्न पाउनुहुनेछ ।


उहाँहरुको चाहाना सुरक्षित स्थानमा बस्न पाए हुन्थ्यो भन्ने छ त्यसो भए स्थानिय सरकारले उहाँहरुको समस्या समाधान गरिदिनु हुन्छ ?


हो ,एक महिना भित्र हामी तपाईहरुलाई दुई कोठे भवन भित्र बसाल्छौं भनेका छौ,नगरपालिका को तर्फबाट त्यहाँका समुदायलाई आश्वासन दिएका छौं । माडी नगरपालीकाका धेरैजसो ठाउँहरु मध्यवर्ती क्षेत्र भित्र पर्छ । त्यसकारणले मध्यवर्ती क्षेत्र भित्र मध्यवर्ती नियावली २०५३ ले सिर्जित गरेका समस्या कसरी हल गर्ने भनेर योजना सहित हामी प्रधानमन्त्रि संग पटक पटक छलफल पनि गरेका छौ । बिं.सं २०७४ को स्थानिय प्रशासन सञ्चालन ऐनसंग नबाझिने गरि नियावली बनाउदै छौं भनि हामी संग प्रतिबद्धता गर्नुभएको छ । त्यो ऐन संग नबाझिने गरि राष्ट्रिय निकुञ्जको ऐन बन्यो भने अहिले भएका समस्याहरु समाधान हुन्छ । अर्को कुरा जसले चेपाङ सुमदायको घरमा आगो लगाएर ,भत्काएर यमे बिपत र महामारीको बेलामा घरबार बिहिन बनायो । त्यो कर्मचारीलाई बर्खास्त गरिनु पर्दछ । यसरी अर्काे विकल्प नहुदै घरबार बिहिन ग¥र्याउन कोहि कसैलाई छुट छैन् ।

प्रतिकृया दिनुहोस्