RaraNews

प्रकाशित : २०७७/४/१४ गते
१५३१ पटक

चितवन माडि नगरपालीका कुसुमखोला स्थित चेपाङ बस्तीमा राष्ट्रिय निकुञ्न प्रशासनले चेपाङ बस्तीमा आगो तथा हात्ती नै लगाएर चेपाङ समुदायलाई घरबास बिहिन बनाईएको घटनाको प्रतिनिधि सभा सदस्य बिमला बि.क.ले निन्दनिय कार्यभएको बताउनु भएको छ ।

जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग कुराकानी गर्दै सो बताउनु भएको हो । उहाँले मध्य वर्षा ,कोरोना महामारीको बेलामा उनीहरुलाई कुनै बिकल्प नदिई चेपाङका बस्दै आएका झुपडी भत्काउनु मानव अधिकार ,गणतन्त्र र लोकतन्त्र बिरुद्ध भएको धारणा राख्नु भयो ।


चितवन राष्ट्रिय निकुञ्जले जस्तै बर्दिया राष्ट्रिय निकुञ्जले पनि त्यहाँ रहेका सुकुम्बासी,सिमान्तकृत तथा थारु समुदायलाई बेलाबेलामा दुख दिने,त्रर्साउने काम गरेको भन्दै आफ्नो पनि यस बिषयमा ध्यानआर्कषण भएको र आवाज उठाउदै आएको बताउनु भयो ।

चेपाङ समुदाय अन्तकतै जाने ठाउँ पनि नभएकाले चेपाङ जस्तै अन्य भुमिहिन सुकुम्बासीलाई राज्यले नै उचित व्यवस्था गर्नु पर्ने कुरामा जोडदिनु भयो । उहाँले भन्नु भयो “कसैलाई पनि बसिरहेको ठाउँबाट बिकल्प नदिई हटाउन मिल्दैन त्यसैले बिकल्प नहुन्जेल सम्म जो जहाँ छ त्यहि बस्नुहोस तपाईको समस्या राज्यले गर्छ ।”


उहाँले राष्ट्रिय निकुञ्ज, सार्वजनिक जग्गा जािनहरुमा नितीगत समस्या भएकाले पनि यस्ता घटना दोहारीएको बताउदै समस्या समाधान गर्नु छलफल गरेर जानुपर्ने बिचार व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्