RaraNews

प्रकाशित : २०७७/४/१४ गते
१४८४ पटक

अनलाइनखबर डटकमका सह सम्पादक विश्वास कुमार खड्काथोकी माथि रिर्पोटिङका क्रममा दुव्र्यबहार भएको भन्दै क्रियाशील दलित पत्रकार संघले घटनाको भत्सर्ना गरेको छ ।

कोभिड १९ विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको विरोधमा अनसनरत इ र समायरा श्रेष्ठको अनसनबारे रिर्पोटिङ गर्न वसन्तपुर पुगेका खड्काथोकीलाई ‘इनफ इज इनफ’ आन्दोलनका एक अभियान्ताले दुव्र्यबहार गरेको भन्दै संघले विरोध जनाएको हो ।

संघका अध्यक्ष पवित्रा सुनारले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, रिपोर्टिङकै शिलशिलामा दुव्र्यबहार गर्ने व्यक्तिको पहिचान गरि आवश्यक कारबाही गर्न संघ जोडदार माग गर्दछ । घटना भए लगत्तै पत्रकार खड्काथोकीले सामाजिक सञ्जालमा आफुमाथि भएको दुव्र्यबहारबारे लेखेका छन् ।

प्रतिकृया दिनुहोस्