RaraNews

प्रकाशित : २०७७/४/१४ गते
१३३४ पटक

धनुुषामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । उनी क्षिरेश्वनाथ नगरपालिका वडा नम्बर ३ कि दलित समुदायकी युवती हुन् ।

ती युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगेर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो ।

युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्