RaraNews

प्रकाशित : २०७७/४/११ गते
१७४८ पटक

संयुक्त दलित सर्घष समितिले जनकपुरमा आईतबार अर्धनग्न भएर दलित हत्या,हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।
सरकार दोषीलाई कार्यवाही गर्न तत्परता नदेखाएको भन्दै पुर्व राष्ट्रियसभा सदस्य सहित दलित अगुवाहरुले जनकपुरधाममा अर्धनग्न विरोध प्रदर्शन गरेका छन् ।
धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा शव फेला परेदेखि नै प्रदेशभरमा दलितहरुप्रति बढ्दै गएको हत्या, हिंसालाई मध्यनजर गरी दलित अगुवाहरुले एक महिनाअघिदेखी आन्दोलनरत छन् ।

धनुषाकै हँसपुर नगरपालिकाका बस्ने शम्भु सदालाई कोरोनटाइन्समा उपचार सम्भव नभएपछि जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको अभावमा मृत्यु भएको थियो । सप्तरीको कञ्चनरुप नगरपालिका–५रामपुर पथरीमा भोकका कारण मृत्यु भएका मलर सदालाई क्षतिपूर्ति दिनुपर्ने समेत माँग गरिएको छ । त्यस्तै सिरहामा दलित युवा १८ वर्षिय रोशन रामको अपहरणपछि हत्या भएको छ । सप्तरीमा त्रिलोकचन्द महरालाई अपहरणपछि हत्या गरिएको थियोे । 

प्रदेशका जिल्लाहरुमा क्रमिक रुपमा दलित समुदायमाथि हिंसा र हत्या दिन्हु बढ्दै गएपनि राज्यपक्ष मौन रहेको अवस्थामा बाध्य भएर प्रदेशभर आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको समितिका अध्यक्ष चन्देश्वर दासले बताएका छन् । पूर्व घोषित कार्यक्रम अन्तर्गत पहिलो चरणमा जनकपुरधाममा साउन ११ गते जनकपुुरधाममा अर्धनग्न जुलुस प्रर्दशन, साउन १३ गते सिटी जुलुस र साउन १५ गते मिर्दगन र पोस्टरचित्रलाई धर्ना कार्यक्रम निधारण गरिएको र त्यसले पनि दोषीमाथि कारवाही र हामीहरुले न्याय नपाएमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन गर्ने सर्घष समितिका अध्यक्ष दासले बताए । 

निर्वमान राष्ट्रियसभा सदस्य जसपाका नेता रामपृत पासवान सहित दलित अगुवाहरु अर्धनग्न रुपमा विरोध प्रदर्शन गर्दै दलित उपर हुने मानवता विराधी कार्य र हत्या सम्मको घटनामा सरकार मुखदर्शक बन्नु अपराध रहेको आरोप लगाएका छन् । जनकचौकवाट सुरु भएको प्रर्दशनमा सहभागीहरूले दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारा लगाएका छन् ।

जनकपुरको विभिन्न चोकमा प्रदर्शन पश्चात दलित अगुवाहरुले जिल्ला प्रशासन किर्यालय अगाडी केहि छिन धर्नामा पनि बसे । शम्भु र राजु सदाले न्याय नपाएसम्म उनीहरुले विभिन्न चरणका आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । आइतवार अर्धनग्न जुलुस निकालेका उनीहरु साउन १३ गते थाली र सिटी जुलुससहित सिडिओ कार्यालय अगाडी धर्ना, साउन १५ गते मिरदङ्ग (मादल) बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना, साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने सम्मको कार्यक्रम सार्वजानिक गरेको छ ।

प्रतिकृया दिनुहोस्