RaraNews

प्रकाशित : २०७७/३/३० गते
१०२६ पटक

जुम्ला – चन्दननाथ नगरपालिकाले दलित बस्तीका ३० आमा र उनीहरुका ३० बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ ।

सुनौला हजार दिनलाई मध्यनजर गर्दै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणयुक्त सामग्री उपलब्ध गराइएको नगर प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिका वडा नं १ र ४ का आमा र बालबालिकालाई पोषणयुक्त सामग्री वितरण गरिएको हो ।

पाँच किलो स्थानीय मार्सी चामल, सिमीको दाल, तेल र एक क्यारेट अण्डा साथै साबुन तथा दन्तमञ्जन राखेर पोषण झोला तयार गरिएको थियो । दुई हजार पाँच सयभन्दा बढीको पोषण खाद्यान्न उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाले पोषण खाना अपुग भएका बालबालिकाहरुको लागि भनेर यस्तै पौष्टिक आहार घरदैलोमै लिएर वितरण गर्ने गरेको पनि नगर प्रमुख सेजुवालले बताउनुभयो । पोषणयुक्त खाद्य सामग्री पाएपछि नगरपालिका–४, सिंगाचौर र कुलालबाडाका दलित बस्तीका आमाहरु खुसी भएका छन् ।

प्रतिकृया दिनुहोस्