RaraNews

प्रकाशित : २०७७/३/२९ गते
२६६५ पटक

नेपालको इतिहासमा पहिलो पटक दलित समुदायबाट सचिव पदमा डा.मानबहादुर विश्वकर्मा पुग्न सफल हुनु भएको छ । सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले विश्वकर्मालाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पदका लागि नाम सिफारिस भएको लामो समय पछि सोमबार मन्त्री परिषदले बढुवाको निर्णय गरेको हो । रिब्दीकोट २ लघुवा पाल्पाका विश्वकर्माले अर्थशास्त्र बिषयमा विद्यावारिधी गर्नुभएको छ । उहाँ खाद्य सुरक्षाबारे राम्रो जानकार हुनुहुन्छ । यस अघि उहाँले राज्यका बिभिन्न निकायमा रहेर आफ्नो भुमिका निर्वाह गर्दै आउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्