RaraNews

प्रकाशित : २०७७/३/२६ गते
१००७ पटक

ज भन्दा ७० वर्षअघि नेपालमा सलह किरा आएको थियो । खेतीपाती लगाउन जुटिरहेका किसानहरुलाई कसरी बिउ,व्याड,तरकारी ,खेतपाली जोगाउने भन्ने पिरलो थपिएको छ । केहि दिन अघि त्रास फैलाएको सलह किरा फेरि नेपालमा सुसुप्त भएको खबर आएको छ । यसै बिषयमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीसंग कुराकानी गरेका छौ । उहाँलाई हामीले सलह किराको पछिल्लो अवस्था के छ भनेर सोधेका छौ ।


पछिल्लो समय हामीलाई कुनै पनि जिल्ला बाट सलहको वारेमा रिर्पोट आएको छैन् ।सलह किरा जहां जहां पुग्यो त्यहां पानी परेको र चिसो भएकाले पनि सलह बस्न नपाएको भन्ने छ । चिसो नसहने भएकाले पनि कतिपय मरे भने कतिपय क्रियाशिल हुन नसकेको अबस्था छ । कतै क्षति नगरेर अहिले सुषुप्त भएको अबस्था छ ।
—एक महिना अगाडि यहांहरुकै कार्यदलको अध्ययनले नेपालमा सलह किरा आदैन भन्नुभएको थियो । त्यो भन्ने आधार के थियो त्यतिबेला ?अहिले फेरि यो निष्कृय भन्ने खालका कुराहरु आइरहेका छन् यसको आधार के होला ?
त्यतिबेलाको प्रतिबेदनमा पनि प्राबिधिकहरुले आउदैनन भनेर ठोकुवा गरेका थिएनन् । त्यो समयमा सलह किराको लागि उपर्युत छैन ।यो अप्ता आउदैन भन्ने कार्यदलको निर्णय थियो ।तर मौसमको वहाब परिवर्तन भयो आउन सक्ने सम्भावना निरन्तर रहन्छ ।मौसमको अबलोकन गरेर मात्र आउने नआउने भन्ने उहांहरुको प्रतिबेदनमा छ ।उहांहरुले प्रतिबेदन बुझाएको ८÷९ दिनमै मौसम परिवर्तन भयो र अर्काे दिन सलह पस्यो । मौसम अचानक परिवर्तन हुने भएकाले पनि यो समस्या देखिएको हो ।यो किरा जति उत्तर गयो त्यती नै मात्रामा सलहको झुण्ड मरेको छ । यो किराले १५ डिग्री भन्दा तल तापक्रम सहन सक्दैन ।
—किशानहरु अझै पनि चिन्तीत छन् ।कसरी ढुक्क हुने फेरी पनि सलहको आंतङ्क आउदैन भनेर अब यसबारे किशानहरुले कसरी सुचना लिने ??
त्यस्तो सम्भाबना भयो भने हामी तुरुन्त खबर गर्छौं ।मौसममा परिवर्तन र झुण्डहरुको अबस्था के कस्तो छ भनि दिन दिनै हेरिरहेका छौ । अहिले सम्म त्यस्तो खालको एप्लीकेशनहरु पाउन सकिएको थिएन ।मौसम कस्तो छ भनेर उहांहरुले दिन दिनै पठाउनु भएको छ । हामीले तीन दिनको प्रक्षेपणको आधारमा हाम्रो देशमा हावाको बहाब कताबाट बगेको छ र तिनीहरु कसरी फैलिन सक्छन् भनि हेर्ने हो ।दास्रो पाटो भारत तिरको मौसम र त्यहांको हावा पानी यहांबाट हामीले हेर्छौं । त्यहां कता तिर हावाको वहाब गएको छ त्यसको आधारमा त्यो झुण्ड नेपाल आउन सक्ट वा सक्दैन भनि हामीले अनुमान लगाउने गर्छौं ।त्यसैको आधारमा आउने लक्ष्यण देखियो भने हामीले सर्तक ग¥र्याउछौं ।
—कसरी सर्तक ग¥र्याउनुहुन्छ ?
पहिलो कुरा हामी वेवसाईट राख्छौं,त्यसपछि सबै प्रदेश र ज्ञान केन्द्रहरुलाई सर्तक ग¥र्याउछौं ।सबै किशानहरुलाई जानकारी हुने भनेको त आम मिडिया नै हो । त्यसैले रेडियो ,टेलिभिजन र पत्रपत्रिका बाट सुचना दिने छौ ।
—भारतमा आईसके पछि नेपालमा पनि आउछ भनि पुर्व तयारीको कुरा हुन्छ होला ?

भारतमा सधै आउंछ । नेपालमा आउदैन ।त्यो झुण्ड केहो भने हरेक बर्ष भारतमा पनि त्यति धेरै झुण्ड बन्दैन । यो बषर््ा अर्थात सिजन प्रजनन गर्नका लागि उपयुक्त थियो ।तिनै झुण्ड मध्ये केहि छुट्टिएर नेपाल आएका हुन् । यदि हावा हामी तिर मोडिएर आयो भने त्यो आउने सम्भाबना भदौं ,असोज सम्म रहन्छ । हावाको कसरी बगेको यसले ठुलो प्रभाब पार्छ । तर अहिले तत्कालै १÷२ दिनमै आउने लक्षण खबसै छैन् । हावाको बहाबमा बिहिबारबाट केहि परिबर्तन देखिएको छ । यदि हामी तिर आउने लक्षण देखियो भने हामी जनतालाई सर्तक ग¥याउदछौ । हामी प्रदेश र ज्ञान केन्द्रहरुलाई के भनेका छौ भने फेरी अर्काे झुण्ड नी आउन सक्छ त्यसैले आबश्यक पर्ने बिभिन्न विषादीहरु तयारी अबस्थामा राख्न र सुचना दिने हरेक ट्रान्जीटहरुलाई व्यबस्थापन गर्न र आफहरु पनि सचेत रहेर बस्न खबर गरेका छौ ।
बर्षै पछि सलह नेपालमा आईपुग्यो ?अब जोखिम कत्तिको छ नेपालमा ?
मोसममा आएको परिवर्तन अर्थात बर्षा भएकाले अहिले आएको सलहले जति हाम्ले सोचेका थियौ त्यति नोक्सान गर्न सकेन । पानीका कारण यिाीहरु लामो दुरीमा उड्न सक्दैनन् । यिनीहरु तराईमा नबसेर पहाड तिर लागे ,बास बस्ने ठाउं जङगल लाई बनाए त्यो हिसाबले हाम्रो नोक्सान कम भएको हो ।नेपालमा आएको झुण्ड ७०÷८० लाख मात्र थियो ।यो एउटा झुण्डको १० प्रतिशत पनि होईन । एउटा झुण्डमा ७÷८ करोड हुन्छ । त्यो सबै आएको भए रिक्स बढि हुन्थयो ।यदि त्यस्तो खालको झुण्ड आयो भने हामीले विषादी नै छर्नु पर्ने अबस्था आउन सक्ने हुन्छ ।त्यतिबेला दमकलको माध्यमबाट ठुलो झुण्डलाई धपाउन सहज हुन्छ । त्यसका लागि हामी तयार अबस्थामा छौं ।संघ, प्रदेश र स्थानिय सरकारले पनि बिषादी खरिद तथा अन्य तयारी गरिरहनुभएको छ ।
सरकारी संयन्त्र ढुक्क भएको अबस्था तर किसाननहरु चिन्तित छन् ,यस्तो अबस्था किन आयो होला ??
किसानहरुलाई यसको अनुभब छैन् यसको आनीबानी हरेक चिजको बारेमा उहांहरुलाई थाहै छैन् ।त्यही भएर एकै पटक त्यति धेरै किरा आउदा त्रशित हुनु स्वभाबिक हो । यो किरा के हो ?कसरी नोक्सान गर्छ ? यो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा भैसके पछि सकै डर हटेर जान्छ ।यदि ठुलो झुण्ड आयो भने कसरी व्यबस्थापन गर्ने भनि हामी चिन्तीत छौ । सरकारका सबै संयन्त्र र तह तयारी अबस्थामा छौं ।विषादी प्रयोग गर्न मिल्ने ठाउंमा विषादी प्रयोग गर्ने नमिल्ने ठाउंमा घरेलु उपाए अपनाउन सकिन्छ ।
कतिपय जिल्लामा बादी नालीमा क्षति पुगेका भन्ने विवरणहरु आएका छन् ।यो कुरा यहांहरुले पनि अध्ययन गर्नुभएको होला ।राहात अथवा क्षतिपुर्तीको कुरा के भैरहेको छ ?
राहात भन्ने कुरा अलिकति नितिगत कुरा हो । यो केन्द्रले हेर्ने हो । उहांहरुलाई हामीले एकिन गरेर डाटा कलेक्शन गर्नुस भनेका पनि छौं । १०० प्रतिशत क्षति कतै गरेका छैन तर पनि त्यसमा एउटै खालको क्षति भएको छैन् ।कति एरिया ,कुन बालीमा नोक्सान भयो र उत्पादनमा कति हस भयो त्यो हिसाबले उहांहरुको डाटा आईसके पछि सबै मन्त्रालयमा जम्मा गरेर छलफल गर्नु पर्छ ।त्यसका लागि हामीले पठाउछौं ।
अन्त्यमा के भन्नुहुन्छ ? किशानहरु त्रसित भैराख्नु भएको छ ,सुझाब के छ ?
नेपालमा आएको झुण्ड फेरी फर्केर आउदैन । तिनीहरु निष्कृय भैसकेका छन् ।यसरी आत्तिनु पर्दैन ।तर हामीले आउदैन भनेर ठोकुवा गर्दैनौ ।हावाको बहाबको स्थिती कस्तो रहन्छ त्यसको आधारमा आउन सक्ने भनेर हामीले निर्णय गर्ने हो । जुन बेला आउने सम्भाबना रहन्छ त्यो भन्दा १÷२ अगाडि नै सुचना पाउने हिसाबले रेडियो ,टेलिभिजनमा प्रशारण गर्छौ ।त्यसको आधारमा किशानहरुले आफ्नो बालीको शुरक्षा गर्न का लागि स्थानिय सरकार संग र ज्ञान केन्द्र संग समन्वय गर्न सक्नुहुने छ । आउदैन भनेर पुरा ढुक्क नहुनु तर आत्तिनु पर्दैन ।

प्रतिकृया दिनुहोस्