RaraNews

प्रकाशित : २०७७/३/१८ गते
१३२२ पटक


वुटवल । देशैभर दलित समुदायमाथि भएको जातिय भेदभावका विरूद्व बुटवलमा शुक्रबार विरोध सभा सम्पन्न भएको छ । संयुक्त दलित संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको उक्त सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले दलित समुदाय माथि भएको विभेदका विरूद्व वर्तमान सरकार मौन रहेको बताउनुभयो ।

उहाँले रूपन्देही देवदहकी अंगिरा पासीको बलत्कारपछि हत्या भएको घटनामा नाम चलेका वकिलहरूले ठूलो रकम लिएर बलत्कारीको पक्षमा लागेको बताउनुभयो । उहाँले कस्तो मुद्वामा लड्ने यो बिषयमा वकिलहरूले पेशागत नाममा मुद्वाको प्रकृतिलाई ख्याल गर्न सुझाव दिनुभयो । रूकुममा अन्तर जातिय प्रेम गरेकै कारण हत्या गरिएका नवराज विक र ६ जना युवाहरूको हत्यामा संलग्नलाई छुटाउन चलखेल भएको बताउनुभयो ।

कार्यक्रममा पण्डित भिमनाथ पन्थीले हिन्दु धर्ममा कुनै विभेद नभएको बताउँदै दलित समुदायमाथि ठूलो अन्याय भएको बताउनुभयो । कार्यक्रममा मुक्ति संगठनका प्रदेश ५ का संयोजक जोगलाल विक, समितिका संयोजक हरिओम विक, नेपाल मगर संघ प्रदेश नं ५ की उपाध्यक्ष धनी आले मगर, ईस्लाम खान, पंकज राई, कृष्ण मोक्तान, किसमत विक, पदम विक लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य रीता बुढाथोकी, देवराज सुनार र अनुपमा करारले विभेद विरूद्व रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन संयुक्त दलित संघर्ष समिति रुपन्देहीका सचिव पदम विश्वकर्माले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्