RaraNews

प्रकाशित : २०७७/३/१५ गते
१५२४ पटक

दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घट्ना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । टोलीले जेठ २६ गतदेखि जेठ ३२ गतेसम्म स्थलगत् अध्ययन गरेको थियो ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । र, उक्त प्रतिवेदमा नेपालको ईतिहासमा नै जातिय विभेद तथा छुवाछुतको कारण यति ठूलो नरसंहार भएको यो पहिलो घटना भएको जनाईएको छ । अध्ययन टोलीले सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनको निश्कर्षमा लेखिएको छ,‘स्थानीय जनप्रतिनिधि वडा नं.८ का वडा अध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा उक्त सोती गाउका मल्ल, ठकुरी, चन्द, पुनमगर र घर्तिमगर मिलेर घरेलु हतियार, लाठि, ढुंगा र लात मुक्का प्रयोग गरेर हत्या गरि नजिकैको भेरी नदिमा फालेको प्रस्ट देखिन्छ । विभिन्न सुचना, अन्तरक्रिया, घाईतेहरुको भनाई र स्थानीय शब उद्धार गर्ने पौडीबाजहरुबाट प्रष्ट भएको छ ।’

गत जेठ १० गते जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नं–४ रानागाउँका नवराज बि.क. र रुकुमपश्चिम, चौरजहारी नगरपालिका वडा –८, सुष्मा मल्लको बीच भएको प्रेम–सम्बन्धलाई विवाहमा परिणत गर्न जादा ६ जनाको विभत्स तरिकाले हत्या गरिएको ‘यो घटना जातिय विभेद तथा छुवाछुतको जरियाबाट शुरु भई जातीय नरसंहार नै भएको’ स्थलगत अध्ययन टोलीको ठहर छ ।

कार्यक्रममा महासंघको महासचिव र अध्ययन टोलीका संयोजक जेबी विश्वकर्माले जातीय विभेदकै कारण सोती घट्ना भएको बताए । उनले यो घट्नाका दोषीलाई सर्वश्व जन्मकैदको सजाय हुनुपर्ने माग गरे । साथै, पीडित परिवारलाई न्याय दिन सरकारसमक्ष माग गरे ।

उनले घट्नाको जड जातीय विभेद नै भएको दोहोर्याए । सुष्मा मल्लकी आमा प्रकाशी मल्ल र काका ईन्द्र बहादुर मल्ललाई अदालतले साधारण तारिखमा छोडेकोमा भने उनले दुःख व्यक्त गरे । उनले भने,‘दोषीलाई उन्मुक्ति दिने प्रपञ्च भयो । पूनः पक्राउ गरिनुपर्छ ।’

पत्रकार सम्मेलनमा अधिवक्ता चक्रमान विश्वकर्माले समाजमा यस्तो जातीय विभेद र भेदभावका कारण घट्ना घट्नु दुःखद् भएको भन्दै सरकार कानून कार्यान्वयनमा गम्भिर भएर लाग्नुपर्ने बताए । उनले घट्नामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कानूनी कारबाही र पीडितलाई न्याय दिन माग गरे ।

महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको सभापतित्वमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । उनले घट्नामा स्थानीय प्रहरीले सुरुवातमै घट्नास्थल सिल गरेको भए अरु प्रमाण तथा तथ्य थाहा हुनेथियो भन्ने धारणा राखे । त्यस्तै, उनले पोष्टमार्टम रिपोर्टमा पनि आपत्ति जनाए । र, नदीबाट शब निकाल्दै गर्दा मुचुल्का उठाउँदापनि गलत तरिकाले उठाईएको उनको आरोप छ ।

दलित सेवा संघका अध्यक्ष ईश्वरीप्रसाद विश्वकर्माले यो घट्नाको सवालमा सरकार अलिक जिम्मेवार हुनुपर्ने धारणा राखे । दलितहरुले आज समाज र सरकार दुवैसँग लड्नुपरेको अवस्था पनि उनले सुनाए । समाजमा यस्ता जघन्य घट्ना थप घट्न नदिन सरकार जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । पीडित परिवारलाई न्याय र दोषीलाई न्याय दिनुपर्ने उनले माग गरे ।

अध्ययन टोलीका सदस्यहरु दिपक सोनी र रीता परियारले पनि दोषीहरुलाई सजाय र पीडितलाई न्याय दिनुपर्ने धारणा राखे । उनीहरुले पनि यो घट्ना जातीय विभेदकै कारण भएको निश्कर्ष सुनाए । महासंघका कार्यकारी निर्देशक ईमान सुनारले पत्रकार सम्मेलनको सञ्चालन गरेका थिए ।

जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घटनाको
संक्षिप्त स्थलगत अध्ययन प्रतिवेदन
(२०७७ जेठ २६ देखि ३२ सम्म)

नेपाल सरकारले जातिय विभेद तथा छुवाछुत मुक्तराष्ट्र घोषणा गरेको १४ वर्ष पुरा भईसकेको छ । संविधानमा मौलिक हक अन्तर्गत धारा ४० र २४ ले जातिय विभेद तथा छुवाछुतलाई दण्डणीय अपराधको रुपमा स्वीकार गरिसकेको छन् । संविधानको मर्म अनुसार जातिय भेदभाव तथा सजाय कसुर ऐन २०६८ ले सार्वजानिक तथा निजी स्थलमा हुने जातिय भेदभावलाई कानूनी रुपमै बन्देज गरेको छ । यस्तो अवस्थामा पनि सुनियोजित रुपमा रुकुम पश्चिम, चौरजहारी नगरपालिका वडा नं. ८ सोतीगाउँमा वडाध्यक्षको संलग्नतामा अन्तरजातिय विवाहको विवादमा छिकेकी जिल्ला जाजारकोटका ५ जना र चौरजहारीकै एक जनाकोे एकै ठाउँमा नरसंहार गरिएको घटना नेपाललाई मात्रै होइन विश्व समुदायलाई नै गम्भिर बनाएको छ । यसै सन्दर्भमा दलित गैरसरकारी संस्था महासंघको अगुवाइमा हालै घटनाको स्थलगत अध्ययन गरेको छ ।
घटनाको संक्षिप्त विवरण
जाजरकोट जिल्लाको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज वि.क. र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोतिगाउँ निवासी १७ वर्षीया सुष्मा मल्ल बीचको अन्तरजातिय प्रेमसम्बन्धको कारण मिति २०७७ जेष्ठ १० गते सोतिगाउँका स्थानीयले संघातिक आक्रमणबाट जाजरकोट जिल्लाका ५ जना र रुकुम पश्चिमका १ जना गरि ६ जनाको ज्यान गएको थियो । १२ जनालाई घार्ईते भएका थिए ।

मिति २०७७ जेठ १० गते कसैले अकल्पनीय घटनाको रुपमा भेरी नगरपालिका वडा नं.–४ रानागाउँ निवासी वर्ष २१ का नवराज वि.क. र रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं.– ८ सोतिगाउँ निवासी वर्ष १७ को सुष्मा मल्ल बीचको करिव तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिवर्तन गर्न जांदा नरसंहाररुपमा घटाईएको घटनाको स्थलगत अध्ययन र सरोकारवालासँग भेटघाट र अन्तरक्रिया गर्दा हामीलाई फिल्मी कथा जस्तो भएको महसुस भएको थियो । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.–४ रानागाउँ, निवासी मोहनलाल बि.क. र उर्मिलाका छोरा स्वर्गीय नवराज बि.क थिए भने रुकुम पश्चिमजिल्ला चौरजहारी नगरपालिका वडा नं.– ८ सोतीगाउँ निवासी वीरबहादुर मल्ल को छोरी सुष्मा मल्ल हुन ।
नजराज वि.क. र सुष्मा मल्लावीचको सम्बन्ध जाजरकोट जिल्लाको कुदु भन्ने स्थामामा २०७५ सालमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नवराज बि.क. विद्यालयको तर्फबाट खेलाडिको रुपमा सहभागी भएको बेला भएको अध्ययनको क्रममा देखिएको छ । सोतिगाउँमा घर भए पनि चौरजहारीमा बसेर अध्ययन गरिरहेकी सुष्मा मल्ल पनि उक्त खेलकूद प्रतियोगितामा दर्शकको रुपमा कुदु गएकी थिइन । त्यही समयमा दुवै जनामा चिनजान, फेसबुकमा जोडिएर पछि फोन आदानप्रदान भइ पे्रम सम्बन्ध विकास भएको पीडितका आफन्त र सुष्मा आफैले पनि स्वीकार गरेको देखिन्छ ।
अध्ययनले थप के देखायो भने जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गा बजारमा लागेको रमाइलो मेलामा सुष्मा मल्ल, नवराज बि.क.को घरमा आएर २०७६ सालको पुस १४ देखि १६ गतेसम्म नवराजसँगै ४ दिन बसेको भन्ने जानकारी प्राप्त भयो । सुष्मा मल्लकोे चार दिन लामो बसाइको क्रममा नवराजकी आमा उर्मिलाले “नानी तिमि त हेर्दा उमेरमा पनि सानी छौ । हामी सानो जातका मानिस र तिमी मल्ल ठकुरीकी छोरी भोलि तिम्रो आमा बुवाले झैझगडा गर्लान । अब देखि तिमि हाम्रो घरमा नआउनु” भनेर सम्झाउँदा सुष्मा मल्लले नवराजको वुवालाई “तपाई पनी कस्तो गृहमन्त्री जस्तो कुरा गर्नुहुन्छ? हामी माओवादी हुम, हामीले जात भात मान्दैनौ, हामी दुबै जना साथी हौं र हामी आठ वर्ष पछि बिहे गर्ने हो ।” भनेकी भन्ने अध्यननको क्रममा थाहा हुन आएको थियो । सुष्मा मल्ल दोश्रो पटक २०७६ पौष २९ गते नवराजकी सानीआमाको छोराको जन्मदिनमा ३ दिन बसेर घर फर्किएको अध्ययनको क्रममा तथ्य खुल्न आएको छ । नवराज वि.क. र सुष्मा मल्ल बिचमा नियमित भेटघाट, फोन, एसएमएस र फेसबुकमा कुरा भइ रहेको नवराजको परिवारका सदस्यहरुबाट बुझियो ।

सोही क्रममा सुष्माका भाइ पनि रानागाउँमा आएको र नवराजलाई भिनाजु भनेर सम्बोधन गर्ने गरेको स्थानीय बासिन्दा र नवराजको परिवारले बताएका थिए ।

सुष्मा मल्लले नवराज बि.क.लाई आफ्नो घर सोतीमा भेट गर्नका लागि २०७६ चैत्र १७ गते बोलाएको र सुष्माको घर सोतीगाउँ जाने क्रममा सुष्माको बुवा (वीर बहादुर मल्ल)ले नबराज बि.क. आएको थाहापाएर वीर बहादुर मल्लले सुष्माको दाजुनाता पर्ने विनोद मल्ललाई बोलाएर सबै जना मिलेर नवराज बि.क.लाईकुटपिट गरी कपाल समेत काटिदिएको बुझियो । कुटपिट पछिवडा अध्यक्ष डम्बर बहादुर मल्लले ईलाका प्रहरी कार्यालय चौरजहारी फोन गरि पक्राउ गराएका थिए । यो घटनाको बारेमा नवराजको बुवा,आमा र दिदिबहिनी बाट र सुष्मा मल्लको भाउजुले अध्ययन समितिलाई भन्नु भएको थियो सोही घटनामा एकरात नबराज बि.क.लाई हिरासतमा राखिसके पछि भोलिपल्ट चैत्र १८ गते ईलाका प्रहरी कार्यालय रुकुम चौरजहारीले नवराजको आमा लाई छोरा बुझिलिनको लागि बोलाएको थियो । आफनो छोरालाई बुझिलिन जाँदा नवराजको आमाले वडाध्यक्ष डम्बर बहादुर मल्ललाई “मेरो छोरालाई किन थुनाउनु भयो?” छलफलमा पनि प्रहरी चौकीमा आउनु म छोरालाई बुझिलिन्छु भन्दा वडाध्यक्षले “म आउदैन पानीको काम गर्नुछ आउदैन प्रहरीलाई भनिदिएको छु” भनेपछि आमाले कागज गरि बुझिलिएको नवराजको परिवारले बताए । छोरा लिएर फर्कदै गर्दा बाटोमा उर्मिला र उनको बहिनी लक्ष्मी सुनारलाई रानागाउँ फर्किरहको समयमा बोहोरामा मल्ल थरको एकजनाले “यो पटक त बाचेर आयौ अर्को पटक ठिक हुने छैन ।” भनि धम्की दिएका थिए भन्ने अध्ययनको क्रममा नवराजको आमा (उर्मिला बि.क.¬)ले जानकारी दिनुभयो । नवराजको आमा छोरालाई सम्झाउदै थिइन, “अब तिमी सुष्माको पछि नलाग मल्लहरुले हुन दिदैनन” भनेर यसपछि सामान्य नै भएको जस्तो लागिरहेको थियो ।

तर, २०७७ जेठ ९ गते राति नवराजले सुष्मासंग फोनमा कुरा गरिहेको सुनेपछि आफनो कोठाबाट बाहिर आएर नवराजको कोठाको ढोका ढक्ढकाउदै के हो भनेर भन्दा नवराजले केहि होइन भनेर भनेपछि ठीकै छ भनेर सुत्न गएको र फोन स्पष्टरुपमा नवराज वि.क. लाई सुष्मा मल्लले फोन गरेर माईती पक्षले आफ्नो अर्कै केटासँग विवाह गराउन लागेको र आफुलाई यहाँबाट भगाएर लैजानका लागि साथीहरु लिएर आउन अनुरोध गरेको नबराज बि.क.को आमा (उर्मीला बि.क.)ले सुनेको जानकारी प्राप्त भएको थियो । यसरी सुष्मा मल्लले बोलाएपछि २०७७ जेष्ठ १० गतेका दिन लामो समय देखि रहिआएको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धको रुपमा परिणत गर्नका लागि १० जना साथीहरु धल्लाको पुल नजिककै मध्यान्ह १ः०० बजेतिर लागे भने अरु ९ जना साथीहरु नवराजको सानी आमा र लोकेन्द्र सुनार को घरभएको ठाउँ मटेला पुलतिरबाट धल्लापुलमा जम्मा भई सुष्मा मल्लको घर सोतिगाउँ तिर लागे । करिब ५ः०० बजे सुष्मा मल्लको घर नजिकैको पूर्वातिरको बाटो भएको स्थानमा पुगेका मात्र थिए । नवराज बि.क. र उनका साथीहरुलाई शुष्मा मल्लको आमा प्रकाशी मल्लले देख्ने बित्तिकै “त डुमलाई पहिलाको पिटाईले अझै पुगेन । अब त लाई नमारी छोड्दिन ।” भन्दै अपमानपूर्ण जातीय गालीगलौज गर्दै गर्दा नवराजको साथीहरु मध्ये एक जनाले “हामी काफल खान आएको हो, केटी भगाउन आएको होइने । हामी गईहाल्छम” भनेर फर्कनै लाग्दा सुष्मा मल्लको आमाले वडा अध्यक्ष डम्बर मल्ललगायतका गाउँलेलाई गुहार माग्छिन् । त्यतिन्जेल नवराजको समूह त्यहाबाट देखि अन्दाजी १ किलोमिटर तल ओरालो झरिसकेका थिए । त्यहाँ पानीखाने नाउलोमा बसेर पानी खाएर अलि अगाडि हिडेर मध्यपहाडी लोकमार्ग पुग्नु भन्दा केहि माथि जंगलमा एउटा ठुलो ढुङ्गा छ त्यस्मा बसेर नास्ता के खाने कहा खाने भन्ने सल्लाह गरेर भरखरै हिड्न थालेको बेला एक्कासी माथिबाट ढुंगा बर्सिएको आवाज आयो । यसरी हेर्दा वडा अध्यक्ष डम्बर बहादुर मल्ल लगायत करिब २०० जना भन्दा पनि बढिको हुलले घरेलु हतियार, हँसिया, लाठी लगायत ढुंगाले एक्कासी आक्रमण गर्न थाले पछि विस्तारै सबै नवराजका साथी तल सडक तिर दौडिए तर लखेट्दै–लखेट्दै ढुंगामुढाले हान्ने थाले पछि सबै एक छिन सडकमा रोकिए तर आक्रमण नरोकिएपछि भागभाग गर्न थाले ।

नवराज वि.क.सँग गएका १२ युवा सडकबाट खेतमा हाम फालेर भेरी नदीको किनारतिर दौडेका थिए । त्यही समयमा नवराज वि.क सति ६ जना गाउँको कब्जामा परिसकेका थिए । १२ जना मध्ये ५ जना नवराजका साथीहरु भेरीमा हामफाले ५ जना पौडेर पारी पुगे । अरु ७ जना नदिको ३ वटा भंगालो मध्ये पहिलो भँगालो तरेर नदीको बीचमा रहेको रुन अर्थात नदीमा रहेको ठूलो ढंगामा पुगेर अड्किएका थिए । सोही समयमा पनि केहि आक्रमणकारीहरुले कालेगाएको पुल तरेर छेको हाली त्यहीँ पुगेर ती युवालाई आक्रमण गरेको घाइतेहरुले बताएका छन् । नदि तरेर जाजरकोट तर्फ पुगेका ५ जना युवालाई फुटबल खेलिरहेका सोतीकै अरु युवाले मरणासन्न हुने गरि पिटेर मदन शाही, इन्द्रजंग शाही लगायतलाई नदि किनारमा नै छोडेर अरुलाई आक्रमण गर्दै थिए ।

यसैबीच वडाध्यक्ष मल्लले खबर दिएपछि चौरजहारीबाट दुई मोटरसाइकलमा चार जना प्रहरी करिब साढे ६ बजेतिर घटनास्थल पुगेका थिए प्रहरी पुग्दा पनि युवाहरुमाथि निर्घातरुपमा आक्रमण गरिरहेका थियो । जाजारकोट तर्फबाट अस्थायी प्रहरी चौकी होलुखोलाबाट आएको प्रहरीले पनि समयमै आक्रमणकारीको भीडलाई समयमै नियन्त्रणमा लिन नसकेको पीडितको गुनासो छ ।जब प्रहरीले सिठी फुक्यो अनिमात्र आक्रमणकारीहरुले युवाहरुलाई घिच्चाउदै प्रहरीलाई बुझाएका थिए । कुटिएकादुइ जनायुवालाई राजमार्ग बाट र ५ जना लाई नदिको वीच भंगालो बाट नियन्त्रणा लियो र अरु ५ जनालाई जाजरकोटबाट गएको प्रहरीले नियन्त्रणमा लिएर चौरजहारी प्रहरीलाई बुझायो ।

चौरजहारी प्रहरीले ती १२ युवाहरुलाई चौरजहारी स्थित मानव विकास तथा सामुदायिक अस्पतालमा उपचार गरि २ जनालाई भर्ना ग¥यो । त्यसपछि १० लाई हिरासतमा राख्यो त्यतिबेला सम्म अरु बेपत्ता ६ जनाको कुनै खोततलास नै भएन । जब २०७७ जेठ १० गते राति ७ः३० देखि ८ बजेतिर जहाँ सुरुमा युवाहरु जम्मा भएका थिए त्यही स्थान अर्थात धल्लााको पुल नजिकै भेरीमा एउटा शव स्थानीयले देखेपछि प्रहरीलाई जनाकारी गराए त्यसपछि राति १० बजे प्रहरीले उक्त शव नवराज वि.क.को रहेको पहिचान ग¥यो । अनि प्रहरी गिराप्तार गरिएका युवाहरुलाई सोधपुछ गर्दा ६ जना पनि संगै गएको र अहिले कहाँ छन थाहा नभएको भन्ने जानकारी दिए पछि प्रहरीलाई शंका बड्यो त्यसपछि क्रमशः २०७७ जेठ ११ गते टीकाराम सुनार, १२ गते गणेश बुढामगर, १४ गते लोकेन्द्र सुनार, १६ गते सञ्जु विक र २१ गते गोविन्द शाहीका शवहरू भेरी नदीमा स्थानीय समुदायले फेला पारे को स्थलगत अध्ययनबाट देखिएको छ । त्यतिन्जेल प्रहरीले न त आक्रमणमा उत्रिएका वडाध्यक्ष र सोतिगाउका स्थानीयलाई पक्राउ गरयो न घटनास्थल नै सिल गरेर अनुसन्धान अगाडि बढायो । चर्को दवाव पछि ११ गते विहान सोधपुछका लागि प्रहरी कार्यालय बोलाइएका वडाध्यक्षलाई पनि साँझ यत्तिकै छोडियो । पीडित र प्रहरीका अनुसार किटानी जाहेरी परिसकेपछि पनि चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले अन्तिम समय सम्म पनि वडाध्यक्ष मल्ललाई सदरमुकाम नलैजान प्रहरीलाई दवाव दिएका थिए ।

केही तथ्यगत विवरणः
१.जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.४ रानागाउँ निवासी नवराज बि.क. र रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं.८ सोतीगाउँ निवासी सुष्मा मल्लका विचमा विगत प्रेम सम्बन्ध रहेको ।

२. नवराज वि.क. दलित भएकै कारण सुष्मा मल्लका परिवारले उनीहरुको प्रेम सम्बन्धलाई अस्वीकार गरेका हुन ।

३.सुष्मा मल्ल र नवराज बि.क.विचमा नियमित रुपमा भेटघाट भएकोे र २०७६ पौष १६ गते ४ दिन र २०७६ सालको पौष २९ गते नवराजसँगै ३ दिन गरि ७ दिन नवराज वि.क. को घरमा बसेको ।

४. २०७७ वैशाख महिनामा सुष्मा मल्लका भाइ लक्ष्मण मल्ल पनि नवराजको घर गएर ८ दिनसम्म बसेका थिए ।

५.नवराज वि.क. लाई २०७६ साल चैत्र १७ गते सुष्मा मल्लको परिवारले सोतिगाउँमा गएको समयमा कुटपिट गरी कपाल काटिदिएर ईलाका प्रहरी कार्यालय चौरजहारीमा एक रात प्रहरी हिरासतमा राखेको र भोलिपल्ट नवराजको आमालाई प्रहरीले जिम्मा लगाएको ।

६. घटना घटेको दिन २०७७ जेठ १० गतेका दिन नवराज बि.क. आफ्ना १८ जना साथिहरु सहित सुष्मा मल्ललाई दुलहीको रुपमा भित्राउन सोतीगाउँमा अपरान्ह ५ः०० बजेतिर पुगेको ।

७. सोतिगाउँ स्थित शुषमा मल्लको घरमा नवराज बि.क. र उनका साथिहरु पुग्ने वित्तिकै सुष्मा मल्लको आमा प्रकाशीे “त डुमफेरी आईस, तलाई अझै पुगेन, अब तलाई नमारी छोड्दिन” भनेको
८. घटना पश्चात १२ जनालाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुसिकोट रुकुम पश्चिम पठाईएको ।
९. आफुलाई वचाउनका लागी अभियुक्तहरुले घटनालाई ढाकछोप गर्नको लागि यर्थाथ विवरण नदिएको पाईयो ।
१० प्रहरीको लापरवाहीले घटना भएको क्षेत्र तत्काल सिल नगरिएको ।

निश्कर्ष ः

नेपालको ईतिहासमा नै जातिय विभेद तथा छुवाछुतको कारण यति ठूलो नरसंहार भएको यो पहिलो घटना हो । स्थानीय जनप्रतिनिधि वडा नं.८ का वडा अध्यक्ष डम्बर बहादुर मल्लको नेतृत्वमा उक्त सोती गाउका मल्ल, ठकुरी, चन्द, पुनमगर र घर्तिमगर मिलेर घरेलु हतियार,लाठि ढुंगा र लात मुक्का प्रयोग गरे हत्या गरि नजिकैको भेरी नदिमा फालेको प्रस्ट देखिन्छ । विभिन्न सुचना,अन्तरक्रिया,घाईतेहरु को भनाई र स्थानीय शब उदार गर्ने पौडिबाजहरुबाट प्रष्ट भएको छ ।

मिति २०७७ साल जेठ १० गते जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नं–४ रानागाउँका नवराज वि.क. र रुकुम पश्चिम, चौरजहारी नगरपालिका वडा –८,सुष्मा मल्लको बीच भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जादा ६ जनाको विभत्स तरिकाले हत्या गरिएको यो घटना जातिय विभेद तथा छुवाछुतको जरियाबाट शुरु भई जातीयनरसंहारनै भएको स्थलगत अध्ययन टोलीको ठहर छ ।

अध्ययन समितिको सिफारिस

१. देशको संविधान र कानूनको ठाडो उल्लंघनगरी सिंगो मानव समुदायलाई नै स्तव्ध बनाउने गरि योजनाबद्ध ढंगले घटाईएको घटना भएको हुनाले दोषीहरुलाईसर्वस्वहरण सहित आजिवन कारावासको सजाय हुनुपर्ने ।
२ं उक्त मानवता विरुद्ध योजनावद्ध रुपमा गरिएको जातीय नरसंहार भएकोले हत्यारालाई कुनै पनि दिवस अवसर वा कुनैपनि बहानामा छुट दिन नहुने ।
३. सांस्कृतिक शहिद घोषणा गरी जीवन पर्यन्त क्षतिपूर्ति ९ीषभतष्mभ ऋयmउभलकबतष्यल० उपलब्ध गराई अरु शहिदले पाउने सरह मान, सम्मान, सेवा, सुविधा राज्यले उपलब्ध गराउनुुपर्ने ।
४. दलितहरु माथि हुने गरेका यस्ता खालका श्रृंखलाबद्ध घटनाहरु आगामी दिनमा नदोहरिने सुनिश्चिततालागि कानुन संशोधन गरीजातकै आधारमा हत्या गरिएमा सर्वस्वहरण सहित जन्मकैद गरिनु पर्ने र जातिय विभेद तथा छुवाछुत गरेमा नेपाल सरकारको कुनै पनि सेवा सुविधामा अयोग्य हुने ब्यवस्था गरिनु पर्ने ।
५. उक्त हत्यालाई प्रत्यक्षपरोक्षरुपमा तोडमोड गर्न सहयोग गर्ने, जातीय छुवाछुतलाई प्रोत्साहित गर्ने, मतियारको रुपमा काम गर्ने स्थानीय जनप्रतिनिधि, मिडियाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई जातिय भेदभाव तथा छुवाछुत कसूर सजाय ऐन २०६८ लगायत प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने ।
६. मृतकका परिवारहरुलाई राज्यले उचितक्षतिर्र्पिूतको ब्यवस्था र सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ।
७. मृतक सन्जु वि.क. र मृतक टिकाराम वि.क. को २० वर्ष भन्दा कम उमेरका श्रीमती र ४ वर्ष र २ वर्षका बच्चा भएकोले श्रीमतिहरुलाई योग्यता अनुसार रोजगार र बच्चाहरुको छात्रवृत्तिसहित उच्च शिक्षा सम्म निशुल्क शिक्षा व्यवस्था गर्नुपर्ने ।
८. राज्यको तर्फबाट निशुल्क घाईतेहरुको तत्कालै सुविधायुक्त स्वास्थ्य केन्द्रमा लगि स्वास्थ्य जाच गरी उपचार गर्नु पर्ने र मानोसामजिक विमर्श गर्नु पर्ने ।
९ घटनाका प्रत्यक्षदर्शीहरु मुलतः घाईते १२ जना तिनका परिवार र ८ जना स्थानीय पौडिबाजलगायतका साक्षीहरुको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने ।
१०. उक्त घटना भएको दिनलाई दलित मुक्ति दिवस ९ीष्दभचतथ मबथ० घोषणा गर्नुपर्ने ।
११. राज्यले आफनो पहलमा जातीय छुवाछुत तथा विभेदविरुद्धका राष्टिय अभियान सञ्चालन गर्नुपर्ने ।

दलित गैरसरकारी संस्था महासंघले प्रस्तुत गरेको
रुपन्देही जिल्ला देवदह स्थित अंगीरा पासीको घटनाको
संक्षीप्त प्रतिवेदन

रुपन्देही जिल्ला देवदह नगरपालिका, वडा नं. ११ सिप्टनमा बसोबास गर्ने शान्ती पासी को पति अंगीरा पासी २ बर्षको हुदाँ निधन भएको र परिवारमा ४ छोरी र १ छोरा रहेको छन । छोरी अंगीरा घरको जेठी छोरी हुन् । सात कक्षा सम्म अध्ययन गरेकी छोरी अंगीरा गरिबीका कारण पढाई छोडेकी थिईन । आमा शान्ती पासीले मजदुरी गरि परिवारको जिविकोपार्जन गर्दै आएकी थिईन ।

मिति २०७७ साल जेष्ठ ९ गतेका दिन रातीको ९ बजे (बत्ती) लाईन गएको थियो । सुतिरहेको खटीयामा छोरीलाई नदेखेपछी मोबाईलको टर्चले खोज्न हिडेको र सोही स्थानका २५ वर्षीय विरेन्द्र भरले १३ वर्षीय बालिका अंगीरा पासीलाई ललाई फकाई गरि घरबाट केही पर रुखमुनी लगि जबरजस्ती बलत्कार गर्दै गरेको अवस्थामा स्थानियले भेटेका थिए । दुबै जनालाई बालिकाको घरमा ल्याई स्थानियले करिब राती ११ जिम्मा लगाई र भोली पल्ट १० गतेका दिन बिहान ८ बजे (पंचायत) छलफल गर्ने गरि विरेन्द्र भरलाई उनका दाजु सुकदेव भरले लिएर गएका थिए ।
जेष्ठ १० गतेका दिन विहान ८ वजे जम्मा भई वडा अध्यक्ष अमर बहादुर चौधरीको प्रतिक्षामा केहीबेर बस्यौं । स्थानिय सबैले वडा अध्यक्ष आए पछि मात्र छलफल गर्ने भने । केहीबेरमा वडा अध्यक्ष आई केटीलाई विरेन्द्र भरको जिम्मा लाउने निर्णय सुनाउनु भयो र केटाले पनि लिन स्विकार गरे । केटीको अमा शान्ती पासीले कागज गर्दीनका लागि वडा अध्यक्ष लाई भन्दा “हामी नै कागज हो कीन गर्नु प¥यो भने । केटीलाई घरमा लिएर जाँदा केटा विरेन्द्र भरको आमाले अछुत जातको केटीलाई नस्विकार्ने भनी गालि गलौज गर्दै केटीलाई तिन डण्डा र केटालाई १ डण्डा हाने । त्यसपछि केटा र केटी नजिकको राहीणी खोलातर्र्फ गएका थिए ।
राहीणी खोला गएर केटा केटी करिव तिन घन्टा जति चाउचाउ खाजा खाएर बसेको करिब ४–५ बजे तिर अंगीरा झुण्डीएको र कपडा फाटेको अबस्थामा स्थानियले फेला पारेका थिए ।

उक्त घटनालाई कानुनी दायरामा ल्याउनको लागि रुपन्देही जिल्लामा सतिश कुमार कौसल (दीपक)को संयोजकत्वमा बनेको संघर्ष समितिका संयोजक समेतका प्रतिनिधिहरु कीस्मत सामदाम र रामकीसन विश्वकर्मासंग हाम्रो टीमका साथीहरु अंगीरा पासीको घरमा जादाँ निजको आमा शान्ती पासी, स्थानियवासीसंगको छलफल गर्दा प्राप्त जानकारी अनुसार वडा अध्यक्षको नाममा मुद्दा लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेकोे केटाको काका अनरजित भरले २ लाख रुपैया (पैसा) लिएर मुद्दा मिलाउनलाई बारम्बार दवाव दिएको र हाल तिन जना को नाममा मात्र किटानी जाहेरी दिईएकोले उक्त घटनाका बाँकी दोषीहरुलाई समेत थप अनुसंधानकाो माध्यमबाट सत्य तथ्य छानविन गरि कानुनी दायरामा ल्याउनु पर्ने र पिडीतलाई क्षतिपुर्तिको समेत ब्यबस्था गर्नु पर्ने बताएका थिए । यस प्रकारको घटना कुनै पनि हालतमा नदोहोरिने प्रत्याभुत गर्नका लागि सरकार र सारोकारवाला निकायहरुले पिडितलाई न्याय र उनीहरुको शान्ती सुरक्षाको समेत प्रत्याभुत गनुपर्ने देखिएको छ । यसको पुरा प्रतिवेदन पछी उपलब्ध गराईने ब्यहोरा अवगत गर्दछु । धन्यवाद ।

प्रतिकृया दिनुहोस्