RaraNews

प्रकाशित : २०७७/३/१२ गते
१३१८ पटक

जातिय बिभेदको मुद्धा सबै राजनीतिक दलहरुले प्रमुख मुद्धा बन्नु पर्ने शुक्रबार काठमाडौमा भएको रुकुम पश्चिम चौरजहारी नरसंहारका विरुद्ध सडक सभामा बोल्ने वक्ताहरुले जोड दिएका छन । दलितहरुलाई राजनितीक दलहरुले प्रयोग मात्र गर्ने तर दलितहरु माथी भएको अन्यायका बिरुद्ध आवाज नउठाउने प्रवृतिले दलितहरु अन्यायमा पर्दै आएको आक्रोस पोखे । त्यस्तै उनीहरुले हरेक परिर्वतनमा साथ दिदै आएको दलित समुदायको मुद्धा राजनीतिक दलहरुको मुद्धा कहिले बन्ने भनेर प्रश्न गरेका थिए । सडक सभालाई सम्बोधन गर्दै बिभिन्न राजनीतिक दलहरुले जातिय बिभेदको मुद्धा सबैको साझा समस्या भन्नु पर्ने र देशका बिभिन्न ठाउँमा भएका जातिय बिभेदका घटनाले न्याय पाउनु पर्ने कुरामा जोड दिएका थिए ।

वक्ताहरुले रुकुम घटनामा सरकारले प्रभावकारी काम नगरेर घटना साम्य पार्न खोजिरहेको आरोप लगाएका छन । त्यस्तै रुकुम घटनाको पीडितलाई न्याय र दोषीलाई कारवाही नगरिए सामाजिक आन्दोलनले निर्णाय रुप लिने बताइएको छ । निरन्तर आन्दोलन गरिरहेको संयुक्त दलित राजनीतिक संघर्ष समितिले विभिन्न दलका नेताहरुको उपस्थितिमा रहेको थियो । सभाको प्रत्यक्ष प्रशारण प्राइम टेलिभिजनबाट गरिएको थियो ।

सभामा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, समाजवादी पार्टी नेपालका नेता अशोक राई, प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, साझा पार्टीका रविन्द्र मिश्र, बैज्ञानिक समाजवादी कम्यनिष्ट पार्टी नेपालका विश्वभक्त दुलाल आहुति, नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, सांसद लक्ष्मी परियार लगायतका एकदर्जन बढि बिभिन्न राजनीतिक दलका नेताहरुले आ आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्