RaraNews

प्रकाशित : २०७७/३/१० गते
११७४ पटक

रुकुम सोती नरसंहारका दोषीहरुलाई हदैसम्मको कारवाही होस भन्द प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटारमा बुधबार गरिएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा काँग्रेसकी सांसद लक्ष्मी परियार घाइते भएकी हुनुभएको छ । घाइते सांसद परियारको प्रहरीको लाठी लागेर बाँया हातका दुई ओटा वटा औंला भाँचिएका छन् । ट्रमा सेन्टरमा उपचार गरि हातमा पट्टी र औषधी गरेर अस्पतालबाट केहिबेरअघि डिस्चार्ज गरिएको अधिकारकर्मी तथा जनता समाजवादीका नेता दलमर्दन कामीले जानकारी दिनु भयो ।

त्यस्तै प्रहरीले प्रर्दशनका क्रममा पक्राउ गरेका डेढ दर्जन प्रदर्शनकारीलाई बुधबार साझ रिहा गरेको छ । बुधबार दिउँसो संयुक्त राजनितीक दलित संघर्ष समितिले गरेको शान्तीपुर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जिवन परियार, राजकुरमा हिङमाङ, लक्ष्मी परियार, टेक बिश्वकर्मा, शर्मिला बागचन, राम नेपाली, शोभा सेन्चुरी, दुर्गा बराइली, हिम्मत महरा, संघर्ष दाहाल, सुनिता मरिक, रण बहादुर रम्तेल, धर्मराज बिडुवाल र नानीमैयाँ पुर्कोटी रहनु भएको थियो ।


यता संयुक्तराजनितीक दलित संर्घष समिती र नेपाल दलित मुक्ति संगठनले देशका बिभिन्न ठाउँमा भएको जातिय बिभेदको घटनाका दोषीलाई हदै सम्मको कार्वाही,पिडितलाई न्याय दिलाउन दबाब दिने उदेश्यले बुधबार बबरमहल देखि बानेश्वर सम्म ¥याली सहिलतको खबरदारी सभा सम्पन्न गरेको छ । सभामा बोल्ने वक्ताहरुले दलितहरु संगठित भएर अन्यायका बिरुद्ध आवाज उठाउनु पर्ने कुरामा जोड दिएका थिए । उनीहरुले पछिल्लो समय देशका बिभिन्न ठाउँमा भएका जातिय बिभेदका पिडकलाई कानुन बमोजिम सजाए र पिडितलाई न्याय दिलाउन निरन्तर लागि पर्ने धारणा राखेका छन ।

कार्यक्रममा पुर्व युवा तथा खेलकद मन्त्री दलजीत श्रीपाली, नेपाल दलित मुक्ति संगठनका सहसंयोजक बोमबहादुर विश्वकर्मा,दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त बहादुर विश्वकर्मा,नेपाल पत्रकार महासंघका सचिव तथा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विशवकर्मा लगायत बिभिन्न राजनितीक दल नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधिहरुले आ आफ्ना धारणा राख्नु भएको थियो । पछिल्लो समय देशका बिभिन्न ठाउँमा भएका जातीय बिभेद बिरुद्ध देशै भर बिभिन्न खालका बिरोधका कार्यक्रमहरु भैरहेका छन ।

प्रतिकृया दिनुहोस्