RaraNews

प्रकाशित : २०७७/३/१० गते
१५२९ पटक

काठमाडौं- रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएको छ। न्यायाधीशले ईन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश दिएकाे छ । यस्तै ३६ (२) लाई १ लाख धराैटीमा अन्यलाई थुनामा राख्ने आदेश भएकाे अधिवत्ता सुन्दर सेनीले जानकारी दिएका छन् ।

पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका छन्। थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए।

सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको छ। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख छ।

प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो। उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको छ।

प्रतिकृया दिनुहोस्