RaraNews

प्रकाशित : २०७७/३/५ गते
११६३ पटक

प्रदेश नं.५ का सामाजिक विकाश मन्त्री सुर्दशन बरालले प्रदेश सरकार सुरक्षित क्वारेनटाई बनाउन जिम्मेवार ठङ्गले लागेको बताउनु भएको छ । जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।


उहाँले प्रदेश नम्बर पाँच भारतीय सिमासंग जोडिएकाले पनि एक्कासि सिमावारी नेपालीहरु आउदा एकचालीस हजार सम्म पुगेको स्मरण गर्दै व्यवस्थापन गर्न पनि हम्मे हम्मे भएको बताउनु भयो ।
पछिल्ला दिनहरुमा भने व्यवस्थापन हुदै आएको र त्यो संख्या घटेर सत्ताईस हजारमा आएको जानकारी दिनु भयो । त्यस्तै महिला,बालबालिका ,अपाङ्ग र जेष्ठ नागरिकको सवालमा प्रदेश सरकार संवेदनसिल छ ।

उहाँले अहिले पनि बिभिन्न गैरसरकारी संघसंस्थाको पहलमा झुलहरु बितरण गर्ने ,डिग्नीटी किटहरु बितरण गर्ने र शौचालय निर्माण गर्ने काम भैरहेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो “क्वारेन्टाईनबाट कोरोना संक्रमण फैलिन नदिन र सुरक्षित राख्न उच्च प्राथमिकता दिने छौ यस बिषयमा प्रदेश सरकार सर्तक छ ।” अब बन्दाबन्दी खुकुलो हुदै गए पनि प्रदेश सरकार क्वारेनटाई व्यवस्थाप गर्न सक्ने हैसियतमा रहेको बताउनु भयो । त्यस्तै आगामी बजेटमा पनि कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि प्राथमिकतामा परेको छ ।

(प्रदेश नं.५ का सामाजिक विकाश मन्त्री सुर्दशन बरालसंग गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्