RaraNews

प्रकाशित : २०७७/३/३ गते
९६४ पटक

मंगलवार पोष्टमार्टम पश्चात् बुधवार निकालिएको शम्भु सदाको शव यात्रामा हजारौंको संख्यामा मानव सागर ओर्लिएका छन् । मृतक सदालाई जनकपुरदेखि सबैलानगरपालिका गाउँभरि शवयात्रा गर्दै आफ्नै जग्गामा उहाँको दाहसंस्कार गरिएको छ ।

हिन्दु परम्परा अनुसार उहाँलाई उहाँकै सानो भाई १५ वर्षिय श्रीराम सदाले दागवती दिएका छन् । सबैला नगरपालिकाको इलाका प्रहरी कार्यालयको शौचालयमा जेठ २८ गते राती २ बजे झुण्डिएको अवस्थामा शव फेला परेको थियो । सोही दिनदेखि दलित अधिकारकर्मीहरु आन्दोलन गर्दै आएका छन् ।

प्रहरीले उनले आत्महत्या गरेको बताएपनि दलित अधिकारकर्मीहरुले प्रहरी कार्यालय भित्रै हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका हुन् ।

पीडित परिवारले शम्भु सदाको हत्या भएको दावी गर्दै ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ४० वर्षिय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साह लगायत ४ जनाविरुद्ध किटानी जाहेरी मंगलबार दर्ता गरेको ।

प्रतिकृया दिनुहोस्