RaraNews

प्रकाशित : २०७७/३/३ गते
८२२ पटक

सुर्खेत । रुकुम घटनामा मृत्यु भएकाहरुको परिवारलाई कणर्ाली प्रदेश सरकारले एक लाख रुपैयाँ राहात दिने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाका परिवारलाई एक लाखका दरले राहत दिइने बताए । ‘उहाँहरुको परिवारलाई राहत दिन मन्त्रिपरिषदको बैठकमा यो निर्णय गरेका छौं, उनले भने, ‘त्यसले परिवारको पीडामा मल्हमपट्टी गर्ने हाम्रो अपेक्षा छ ।’

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको मृत्यु भएको थियो । जसमा भेरी नगरपालिका जाजरकोटका नवराज विक, गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्